६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

१५ दिनमै ३२ किलो चरेससहित ७ जना पक्राउ

विशेष अभियानमा कपिलवस्तुमा बरामद भएको साढे १८ किलो चरेस ।

कपिलवस्तु– कृष्णनगरको पश्चिमी नाकाहरू लागुऔषध चरेस निकासीको ‘ट्रान्जीट प्वाइन्ट’ बनेका छन्। पहाडी जिल्लाहरू रूकुम, रोल्पा लगायतका जिल्लामा उत्पादन हुने चरेस जिल्लाका त्यही नाका हुँदै भारत तर्फ लैजाने गरेको पाईएको हो।

भरियाको प्रयाग गरेर पहाडी जिल्लाबाट जिल्लाको शिवराज नगरपालिको शिवगढी क्षेत्रमा चरेस ल्याईने गरिएको पक्राउ परेका भरियाहरू बताउँछन्। कारोवारीहरुले भरिया नै प्रयोग गरि भारतको लखनउ लगातयका बिभिन्न स्थानमा पुर्‍याइने गरिएको छ।

वर्षौदेखि यही जिल्लामा चरेसको यसरी अबैध व्यापार भईरहेको भरियाहरुको भनाई छ। प्रहरीले चरेस निकासी नियन्त्रणका लागि चालेका कदम प्रवाकारी नभएपछि पछिल्लो एक महिनादेखि चरेश नियन्त्रणकालागि विशेष अप्रेशन चलाएको हो। यही अप्रेशनले काम गरेर पल्लिो १५ दिनमा ३२ किलो चरेससहित ६ जना पक्राउ परेको प्रहरी नायब उपक्षिक सुनिल मल्लले बताए। यही अभियान अन्तर्गत आईतबार साढे १८ किलो चरेशसहित प्रहरीले ३ जनालाई शिवराजनगरपालिका ५ रहटकोलबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा दाङ जिल्ला हसिपुर गाउँपालिका–२ का ३१ वर्षीय रमतुलमिया, राप्तीगाउँपालिका–१ लम्तिया बस्ने ४१ वर्षीय जितमानमिया र रोल्पा सुन छाहारी गाउँपालिका–२ बस्ने ४१ वर्षीय जपीबुढा रहेको हुन्। पक्राउ परेकामाथि अनुसन्धान भइरहेको प्रहरी नाअयब उपरिक्षक मल्लले बताए। गत फागुन १४ गते दुई छुट्टै स्थानबाट साढे १३ किलो चरशेसहित चार महिला पक्राउ परेका थिए। शिवराज नगरपालिका– बिजोरीकी योजना न्यौपाने, सुसमा रोका मगर र लमही नगरपालिका–८ शान्तिनगरकी मीनाकुमारी घिर्ती मगर रहेका छन्। यस्तै पक्राउ परेका ३ जनाको बयानका आधारमा शिबरानगरपालिका–५ की स्थानीय कमला पुन पक्राउ परेकी थिईन्।

तौलिहवाबाट खटिएको बिशेष टोेलीले बिहीबार दिउँसो प्लाष्टिकको झोलाभित्र राखिएको अवस्थामा ६ किलो चरेस बरामद गरेको थियो। पहाडी जिल्लाहरु रुकुम रोल्पा बाग्लुङ लगायतममा उत्पादन गरिएको चरेस जिल्लाका बिभिन्न नाका हुँदै भारत लग्ने गरिएको छ। चरेसको निकासी बढेको सुराकी पाएपछि प्रहरीले चरेस निकासीको जालो तोड्न अभियान सञ्चालन गरेको जनाएको हो। अभियानमा प्रदेश प्रहरीको मुख्यालय दाङ र भारतीय प्रहरीसँग समन्वयन गरिएको उनले बताए।

खुल्ला सीमा नाकाको फाईदा उठाउँदै  कारोवारीहरूले रुकुमा रोल्पा लगातयका जिल्लामा उत्पादन गरिएका चरेश भारतको बिभिन्न स्थानमा भरिया मार्फत लैजाने गरेका छन्। ‘हामीले पनि चरेस निकासी हुने रुट पत्त लगाउदै अभियान चलाएका हौँ। अब यो अभियानले अवैध व्यापर कम गराउँछ छ’, उनले भने। उनले भने कारोवारीहरुले पहाडी जिल्लामा उत्पादन भएका चरेस भटमास, सिमीको दाना लगायतका सामानसंगै लुकाएर लग्ने गरेका छन्।

च्याउको बट्टा, प्लाष्टिको झोलामा प्याक गरि लुकाई–छिपाई भरिया आफैले सिमानाका कटाउने गर्छन। घटनामा भयिराहरु मात्र पक्राउ पर्ने गरेका छन्। कारोवारीहरु  भने प्रहरीको फन्दामाबाट जोगिने गर्छन्।  
 

प्रकाशित: २ चैत्र २०७६ १४:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App