२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

निर्देशक ज्ञवालीसहित ३७ महिला सम्मानित

राष्ट्रियसभाकी उपाध्यक्ष शशिकला दाहाल शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा सञ्चार उद्यमी तथा नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवालीलाई सम्मान गर्दै। तस्बिर:नागरिक

काठमाडौं – एक सय १०औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर महिला हिंसा न्यूनीकरणको आवाज उठाउने विभिन्न संघसंस्थामा आवद्ध महिलालाई सम्मान गरिएको छ। नागरिक एकता समाजद्वारा शनिबार राजधानीमा आयोजित बढ्दो महिला हिंसा न्यूनीकरणमा सरकार र नागरिक समाजको भूमिका विषयक अन्तक्रिया, राष्ट्रिय नारी सम्मान तथा चेतनामूलक बृतचित्र ‘सन्देश’ को विशेष प्रदर्शनीलगायत बृहत् सांस्कृतिक कार्यक्रममा महिला सशक्तीकरणको क्षेत्रमा काम गरेका महिलालाई सम्मान गरिएको हो।

कार्यक्रममा सञ्चार उद्यमी तथा नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवाली, नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठ, सर्वोच्च अदालतकी सहरजिष्टार ममता खनाल, राष्ट्रिय वाणिज्य बैंककी कार्यकारी निर्देशक सरस्वती अधिकारी, नेपाल टेलिकमकी प्रबन्धक रिता डंगोलसहित ३७ जनालाई सम्मान गरिएको हो।

विभिन्न क्षेत्रबाट योगदान पु-याउँदै आएका महिलालाई सम्मान गर्दै राष्ट्रियसभाकी उपाध्यक्ष शशिकला दाहालले संविधानले प्रत्याभूत गरेको महिला हक र अधिकार अझै पनि कार्यान्वयनमा आउन नसकेको गुनासो गरिन्।

राष्ट्रिसभा सांसद अनिता देवकोटाले नेपालमा चेलिबेटी बेचबिखन, महिला हत्या, हिंसा, बलात्कार जस्ता विकृतिलाई अन्त्य गर्न अझै धेरै काम गर्न बाँकी रहेको बताइन्। समाजका अध्यक्ष सीताराम कार्कीले मुलुकभित्र भएका हरेक राजनीतिक परिवर्तनमा महिलाले महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दै सम्मानित अग्रज महिलालाई बधाई दिए।

प्रकाशित: २५ फाल्गुन २०७६ ०३:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App