२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

सशस्त्र प्रहरीद्वारा लाखौको गाँजा बरामद

रौतहट- सशस्त्र प्रहरी बल रौतहटले लाखौँ मूल्य पर्ने गाँजा बरामद गरेको छ। रौतहटको लक्ष्मीपुर बेलबिछवास्थित सशस्त्र प्रहरी बलको युनिटले लाखौँको गाँजा बरामद गरेको हो।

रौतहटको राजदेवी नगरपालिका ८ लक्ष्मीपुरस्थित बरहवा पुलबाट लक्ष्मीपुरतर्फ भारतको बिहार प्रान्तको सीतामढी जिल्लास्थित बैरगनिया १३ का योगेन्द्र पासवानको २१ वर्षीय छोरा रोहितकुमार पासवानलाई पाँच किलो दुई सय ग्राम गाँजासहित सशस्त्र प्रहरीले पक्राउ गरेको हो। कालो झोलामा पासवानले लुकाएर ल्याएको अवस्थामा सशस्त्र प्रहरी निरीक्षक अजयकुमार थापाको कमान्डमा रहेको टोलीले चेकजाँच गर्दा गाँजा बरामद भएको हो।

गाँजासहित पासवानलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको सशस्त्र प्रहरी बल नं.११ गण रौतहट हेडक्वार्टरका गणपति सशस्त्र प्रहरी उपरीक्षक रविनराज खड्काले बताएका छन्। सशस्त्र प्रहरी बल रौतहटमा सक्रिय भएपछि गाँजा तथा अवैध नेपाली रुपैया धमाधम पक्राउ परेका छन्।

प्रकाशित: २२ फाल्गुन २०७६ १३:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App