२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

२० बिगाहा विवादित जग्गा सार्वजनिक कामय

सार्वजनिक करण गरिएको पाण्डेको नामको जग्गामा रहेको चित्रगुप्त पेट्रोल पम्प ।

बारा- जितपुर सिमरा उपमहानगरपालिका र परवानीपुर गाउँपालिकामा गरेर दुईवटा स्थानीय तहहरुमा रहेको प्रद्युम्नराज पाण्डेको नामको विवादित जग्गालाई मालपोत कार्यालय सिमराले बिहीबारदेखि सार्वजनिक कामय गरेको छ।

साविक रामपुरटोकनी गाविसको बिभिन्न वडा र हाल जितपुरसिमरा उपमहानगरपालिका २३ र परवानीपुर गाउँपालिका २ मा पाण्डेको नाममा रहेका १३ वटा कित्ता नम्बर लगभग २० बिगाहा जग्गालाई मालपोत कार्यालय सिमराले प्रक्रिया पुर्‍याएर सार्वजनिक कायम गरेको हो।

बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले सार्वजनकि कामय गरिएको पाण्डेको नामका जग्गाहरु २०२१ सालको नापीमा सार्वजनिक रहे पनि पछि पाण्डे जालझेल गरेर आफ्नो नाममा कामय गराउँदा विवादित बनेको बताएका छन्।

विवाद रहेको जग्गाको बारेमा अनुसन्धान गर्दा पाण्डेले जग्गा सम्बन्धि प्रमाणहरु पेश गर्न नसक्दा त्यसलाई सार्वजनिक गरिएको तर्क प्रजिय पोखरेलले गरे।

साविक रामपुर टोकनी गाविस  २,३,४ र ९ हाल जीतपुरसिमरा २३ र परवानीपुर गाउँपालिका २ को कित्ता नम्बर ३३ को ९ कठ्ठा, कित्ता नम्बर ६१ को १ बिगाहा १७ कठ्ठा, कित्ता नम्बरं १४१ को ३ बिगाहा १० कठ्ठा कित्ता नम्बर १२ को १४ कठ्ठा, कित्ता नम्बर ३९२ को २ बिगाहा ४ कठ्ठा १० धुर, कित्ता नम्बर २४३ को १२ कठ्ठा,कित्ता नम्बर १ को ३ बिगाहा १५ कठ्ठा,कित्ता नम्बर २को २ बिगाहा, लगाएत सार्वजनिक जग्गालाई पाण्डेले आफ्नो नाममा जालझेल गरेर कायम गराउन सफल भएको मालपोत कार्यालय सिमराका प्रमुख यादवराज आचार्यले बताएका छन्।

पाण्डेले पहिला जालझेल गरेर सार्वजनिक  जग्गाको जग्गाधनी प्रमाण पत्र बनाउन सफल पनि अहिले कानुनी प्रक्रिया पुर्‍याएर पुनः त्यसलाई सार्वजनिक कायम गर्न सफल भएको बताए।

प्रक्रियाबाट सार्वजनिक जग्गाहरुलाई नम्बरी बनाएको पाण्डेसँग सोध्दा उनले २०३४ सालमा नै प्रक्रिया पुरयाएर नम्बरी बनाएको बताए पनि अनुसन्धान गर्दा कुनै पनि प्रमाण फेला पार्न नसकिएको सिमरा मालपोत प्रमुख आचार्यले खुलाए।

पाण्डेको नामका सार्वजनकि गरिएको २० बिगाहामध्ये अधिकांश जग्गाहरु वीरगन्ज–पथलैया व्यपारीक मार्गमा पर्ने गरेको र हाल चित्रगुप्त पेट्रोल पम्प, नारायणी छाला उद्योगलगायतका उद्योगहरुसहित केही व्यक्तिले भोगचलन गरिरहेका मालपोत कार्यालय सिमराले जनाएको छ।

सार्वजनिक गरिएको जग्गामा सञ्चालन गरिएको चित्रगुप्त पेट्रोल पम्पलाई बन्द गराउन र कुनै पनि कारोबार नगर आयल निगमलाई पत्रचारसमेत गरिएको बाराका प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए।
 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App