२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

भीरबाट लडेर एकको मृत्यु

खोटाङ – भीरबाट लडेर खोटाङको केपीलासगढी गाउँपालिका–४ बाक्सिला डाँडागाउँका भल्दार भनिने मित्रकुमार राईको मृत्यु भएको छ। सोमबार राति केपीलासगढी गाउँपालिका–४ बाक्सिला र केपीलासगढी गाउँपालिका–३ बाँसपानीको सिमानामा पर्ने चोक्टेखा भीरबाट लडेर राईको मृत्यु भएको हो।

अन्दाजी ४०÷४५ वर्षीय राईको बाक्सिला–बाँसपानी सडकको डिलबाट लडेर मृत्यु भएको स्थानीय ईखबहादुर राईले बताए। उनको शव सडकबाट करिब ७० मिटल तल फेला परेको स्थानीयले बताएका छन्। मादक पदार्थ सेवन गरेका कारण उनी भीरबाट लडेको हुनसक्ने अनुमान गरिएको छ।

प्रकाशित: ६ फाल्गुन २०७६ ०६:१० मंगलबार

मृत्यु