जुम्ला – सरकारले नेपाललाई तुइनमुक्त बनाउने अभियान थालेको चार वर्ष बितिसकेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारले २०७२ असोज २५ मा नेपालबाट तुइन विस्थापित गर्ने निर्णय गरेको थियो। तर हुम्लामा अझै तुइनको जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था कायमै छ, त्यसमाथि कतैकतै शुल्कसमेत तिर्नुपर्ने बाध्यता छ।
सबै तुइन विस्थापित गरेर झोलुंगे पुल निर्माण गर्ने प्रतिबद्धता सरकारको थियो। प्रधानमन्त्री ओलीले पटकपटक जनतासामु यो प्रतिबद्धता दोहो-याए पनि कार्यान्वयन भइसकेको छैन। जनताको दैनिकी निकै त्रासमा बितिरहेको छ। खार्पुनाथ गाउँपालिका–४ का वडाध्यक्ष लोकजंग हमाल जोखिमपूर्ण तुइन यात्रा नहटेकोप्रति चिन्ता व्यक्त गर्छन्। ‘सरकार तुइन हटाएर झोलुंगे पुल निर्माण गर्ने बताउँछ। दुर्गमका नागरिक तुइनबाटै कर्णाली नदी वारपार गर्न विवश छन्,’ उनी भनछन्, ‘सरकारको धारणा र दुर्गम क्षेत्रको विकासमा तालमेल मिल्न सकेको छैन। यो तुइनमुक्त नेपाल बनाउने सपना साकार हुन नसक्नु विडम्बनाको विषय हो।’
एकपटक तुइन तरेको प्रतिव्यक्ति सय रुपैयाँ तिर्नुपर्छ। त्यस्तै सामाग्री वारवार गरेबापत थप ५० रुपैयाँ लाग्छ। पुरानो भइसकेकाले तुइन निकै जीर्ण छ। त्यो जुनसुकै बेला चुँडिन सक्छ।
प्रधानमन्त्री ओलीले आफ्नो पहिलो कार्यकाल सफल भएको बताउँदै नेपालका सबै तुइन विस्थापित भइसकेको दाबी दोहो-याउने गर्छन्। यता हुम्लाको खार्पुनाथ गाउँपालिकावासी भने आफ्नो ज्यानको बाजी लगाएर तुइन तर्न बाध्य छन्। ‘सरकार निर्णय गर्छ, कार्यान्वयन गर्दैन,’ उनीहरू भन्छन्, ‘जनताको जीवनशैलीमा कुनै परिवर्तन आउन सकेको छैन।’
खार्पुनाथका अधिकांश वडाका बासिन्दाले गाउँपालिकाको केन्द्र याङ्चु पुग्न तुइन तर्नुको विकल्प छैन। खार्पुनाथबाट सदरमुकाम सिमकोट निकै टाढा पर्छ। त्यसैले दैनिक उपभोग्य सामाग्री तथा खाद्यान्न जुम्ला र बाजुराबाट ल्याउने गरिन्छ। सिमकोट जाने बाटो झनै अप्ठ्यारो भएकाले जोखिम मोलेरै भए पनि तुइनबाटै सामग्री वारपार गराउन स्थानीय बाध्य छन्। जनकबहादुर भन्छन्, ‘तुइन यहाँको बाध्यता हो।’
स्थानीय घाँसदाउरासमेत तुइनमा झुन्ड्याएरै वारपार गर्छन्। त्यहाँ तुइनको सट्टा पुल निर्माण जरुरी रहेको स्थानीय जनबहादुर शाही बताउँछन्। ‘यहाँ जनता पैसा तिरेर तुइन प्रयोग गर्न बाध्य छन्,’ उनी भन्छन्, ‘यो तुइन यति आवश्यक छ कि जोखिमपूर्ण तुइनबाट आवतजावत गर्न पैसा नतिरी सुखै छैन।’ उनका अनुसार एकपटक तुइन तरेको प्रतिव्यक्ति सय रुपैयाँ तिर्नुपर्छ। त्यस्तै सामाग्री वारवार गरेबापत थप ५० रुपैयाँ लाग्छ। पुरानो भइसकेकाले तुइन निकै जीर्ण छ। त्यो जुनसुकै बेला चुँडिन सक्छ। जीर्ण तुइनमा चढ्दा ज्यान जोगाउन निकै कठिन हुने गरेको भन्दै स्थानीय दुखेसो पोख्छन्।
अहिले तुइनमा दैनिक दुई सय जनाभन्दा बढीले वारपार गर्छन्। तुइनमा यात्रुका औंला काटिने र चोट लाग्ने घटना सामान्य जस्तै मानिन्छ। यो प्रायः दैनिक दिन भइरहन्छ। हुम्लाको मुस्याडी, बाक्चेगौडा र याङचु कुनामा चार वर्ष अघिदेखि बर्सेनि झोलुंगे पुल बनाउने भन्दै लगातार सर्भे हुँदै आएको छ। तर सर्भेबाहेक अन्य प्रगति भने हुन सकेको छैन। सर्भे बर्सेनि भइरहेको देखिन्छ। तर तुइनबाट पुल निर्माण हुने निश्चित कहिल्यै हँुदैन। खार्पुनाथका अधिकांश वडाका बासिन्दाले गाउँपालिकाको केन्द्र याङ्चु पुग्न तुइन तर्नुको विकल्प छैन। खार्पुनाथबाट सदरमुकाम सिमकोट निकै टाढा पर्छ। त्यसैले दैनिक उपभोग्य सामाग्री तथा खाद्यान्न जुम्ला र बाजुराबाट ल्याउने गरिन्छ। सिमकोट जाने बाटो झनै अप्ठ्यारो भएकाले जोखिम मोलेरै भए पनि तुइनबाटै सामग्री वारपार गराउन स्थानीय बाध्य छन्। जनकबहादुर भन्छन्, ‘तुइन यहाँको बाध्यता हो।’
अहिले तुइनमा दैनिक दुई सय जनाभन्दा बढीले वारपार गर्छन्। तुइनमा यात्रुका औंला काटिने र चोट लाग्ने घटना सामान्य जस्तै मानिन्छ। यो प्रायः दैनिक दिन भइरहन्छ। हुम्लाको मुस्याडी, बाक्चेगौडा र याङचु कुनामा चार वर्ष अघिदेखि बर्सेनि झोलुंगे पुल बनाउने भन्दै लगातार सर्भे हुँदै आएको छ। तर सर्भेबाहेक अन्य प्रगति भने हुन सकेको छैन। सर्भे बर्सेनि भइरहेको देखिन्छ। पुल निर्माण भने अझै हुन सकेको छैन।
प्रकाशित: ५ फाल्गुन २०७६ ०२:२९ सोमबार