१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

फरक क्षमता भएका कार्की मेची–काली शान्ति यात्रामा

शान्ति पदयात्री कार्कीलाई बिदाई गर्दै समन्वय प्रमुख खड्ग परियारलगायत । तस्बिरः महेश्वर

उदयपुर- शरीर अपाङ्गता भएर के भो र? मन मस्तिस्क चलायमान र इच्छाशक्ति भए अपाङ्गता भएकाे शरीर पनि देशदेशावर घुम्न र शान्ति कायम गर्ने अभियानमा लाग्न तत्पर हुन्छ। यस्तै अपाङ्गता शरीर भए मन मस्तिस्क चलायमान भएका उदयपुरका फरक क्षमताका नारायणभक्त कार्की पर्यटन वर्ष सफल पार्न र शान्ति अभियान चलाउन ‘मेची–काली यात्रा’मा निस्केका छन्।

सरकारद्वारा घोषित ‘नेपाल प्रमण वर्ष’ सफल पार्दै ‘सामाजिक शान्ति अभियान २०७६’ को नारा लिएर यात्रामा निस्केका कार्कीलाई बुधबार जिल्ला समन्वय समिति उदयपुरमा बिदाई गरियो। अपाङ्ग भए पनि ‘भिजिट २०२०’ सफल पार्दै राष्ट्र र समाजप्रति समर्पित भएर शान्ति यात्रामा निस्केको बताउने कार्कीलाई अपाङ्ग विकास संघ उदयपुरद्वारा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख खड्ग परियारले विदाई गरे।

त्रियुगा नगरपालिका ५ श्रीपुरका कार्की बाल्यकालमै पोलियोले थलिएर अपाङ्ग हुन पुगे। ३ वर्षको उमेरमा पोलियोले थलिएका कार्कीको देव्रे खुट्टा चल्दैन। तर, शारीरिक रुपमा अपाङ्ग भए पनि देश र समाज सेवा गर्ने इच्छाशक्ति लिएर १६ दिने शान्ति यात्रामा निस्केको विदाई कार्यक्रममा बताए।

मेचीदेखि महाकालीसम्मका बिभिन्न पर्यटकीयस्थल पुगेर पर्यटन वर्ष सफल पार्ने सन्देश दिँदै देशमा दीगो शान्ति कायम गर्न यात्रामा निस्केको बताए। उदयपुरबाट सुरु गरेको उनको गन्तव्य बुधबार मेचीको काँकडभिट्टा रहेको छ। त्यसपछि बुटवल, स्याङजा, पोखरा, काठमाडौ, सिन्धुली खुरर्कोट हुँदै कटारी भएर उदयपुरको प्रमुख गन्तव्यस्थल उदयपुरगढी पुगेर टुंगिने योजना सुनाए।

भ्रमण वर्ष सफल पार्न सरकारले तोकेका नेपालका एकसय गन्तव्यमध्ये एक उदयपुरगढी गाउँपालिकास्थित पुरानो जिल्ला सदरमुकाम उदयपुरगढी अन्तिममा पुग्नेछन्। ३ पाङ्ग्रे स्कुटीमा सवार उनले यात्राको क्रममा जिल्लाका ८ वटै स्थानीय तहका प्रमुख पर्यटकीय गन्तव्यको प्रचार प्रसार गर्दै भ्रमणको निम्तो दिएर पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने बताएका छन्।

कार्यक्रममा समन्वय प्रमुख परियारले कार्कीलाई सफल शान्ति यात्राको शुभकामना विदाई गर्दै फरक क्षमता भए पनि देश र समाजप्रतिको समर्पण उदाहरणीय पक्ष रहेको भन्दै प्रशंसा गरे। शारीरिक रुपमा अपाङ्ग भए पनि मानसिक इच्छाशक्ति सबल भएका कारण कार्कीजस्ता नागरिक देश र समाजका लागि अति आश्यक रहेको उनले बताए।  

बिदाई कार्यक्रममा अपाङग विकास संघ उदयपुरका अध्यक्ष चन्द्र राईले भ्रमण वर्ष र शान्ति यात्रा सफलतापूर्वक सम्पन्र्न कार्कीलाई शुभकामना दिँदै उनले थालेको अभियानलाई सफल पार्न संघले सक्दो पहल गर्ने बताए। अपाङ्गता भएकालाई समाजमा कतिपयले बोझ मान्ने गरेकोप्रति असहमति जनाउँदै अध्यक्ष राईले समाज र राष्ट्र सेवा गर्न अशक्त शरीर बाधक नहुने, बरु सबलाङ्ग शरिर र अशक्त मानसिक्ता भएकाहरु देश र समाजका लागि हानिकारक सावित हुने बताए।

 

प्रकाशित: २ फाल्गुन २०७६ १०:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App