४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

संरचना हटाउन अटेर

खोटाङ – खोटाङको धार्मिक तथा पर्यटकीय स्थल बराहपोखरीको जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउन स्थानीयले अटेर गरेका छन्। सरकारले सय गन्तव्यको सूचीमा समावेश गरेको बराहपोखरी गाउँपालिका–१ बराहपोखरीस्थित पर्यटकीय स्थल बराहपोखरीको जग्गा अतिक्रमण गरेर बनाइएका घरटहरा हटाउन अटेर गरेको पाइएको हो। घरटहरा हटाउन गत पुस १ गते तेस्रो पल्ट १५ दिने समय दिइए पनि कुनै पनि संरचना नहटाइएको बराहपोखरी गाउँपालिकाकी उपाध्यक्ष गोमा मगरले बताइन्। संरचना हटाउनु अगाडि स्थानीयले शंखेश्वर मन्दिर गुठीको जग्गा आफ्नो नाममा पार्ने व्यक्तिको पहिचान गरी बराहपोखरीको जग्गा खोज्नुपर्ने सर्त राखेका छन्।

पर्यटन प्रवर्द्धनका लागि डिपिआर तयार पारी योजनाबद्ध ढंगले लागेको गाउँपालिकाले बराहपोखरी शंखेश्वर मन्दिर गुठीको तथा सो आसपासको जग्गामा बनाइएका घरटहरा हटाउन २०७५ असोज ८ गते र २०७५ चैत ४ गते सार्वजनिक सूचना जारी गरेको थियो। दुई–दुई पल्ट जारी गरेको सूचनालाई बेवास्ता गरिएपछि गाउँपालिकाले तेस्रोेपटक सूचना जारी गर्दै घरटहरा हटाउन आग्रह गरेको थियो। समयमा अतिक्रमित जग्गाका घरटहरा नहट्दा बराहपोखरीको पर्यटन प्रवर्द्धनमा बाधा पुगेको गाउँपालिका अध्यक्ष शालिकराम बन्जराले बताए। अटेर गरेपछि गाउँपालिकाको गत मंसिर १५ गतेको गाउँ कार्यपालिकाको बैठकले तोकिएको म्यादभित्र नहटाए नियमानुसार कानुनी कारबाही गर्ने र सार्वजनिक तथा गुठीको जग्गामा बनाइएका संरचना भत्काउन प्रशासनलाई अनुरोध गर्ने निर्णय गरेको थियो।

प्रकाशित: १ फाल्गुन २०७६ ०३:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App