६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

किशोरीलाई शारीरिक परिवर्तनबारे अवगत

आखा परिक्षण गराउदै स्थानीय ।

भैरहवा- स्थानीय बासिन्दालाई आगनमै उपचार सेवा दिने उद्देश्यले कटैयामा निःशुल्क आँखा उपचार शिविर भएको छ। रुपन्देहीको ओमसतिया-१ कटैयामा अवस्थित टुगा आस्था सहकारी केन्द्रीय कार्यालयले बुटवल लायन्स आँखा अस्पतालको प्राविधिक सहयोगमा खुला आँखा शिविरको गरेको हो।

प्रत्येक वर्ष सहकारीको नियमित कार्यक्रम अन्तर्गत यस वर्ष पनि युवा तथा सामाजिक उपसमितिको संयोजनमा शिविर आयोजना गरिएको हो। स्थानीयवासीको समस्यालाई ध्यानमा राखेर आँखा शिविर गरिएको सहकारी संस्थाका अध्यक्ष डिबी थापाले बताए।

शिविरबाट ३१० जना स्थानीय लाभान्वित भएका छन्। ५ जनाको चिकित्सकिय  प्रविधिक टोलीले यस क्षेत्रका आँखा परीक्षण गरेका थिए। परिक्षण गरिएको मध्ये बालबालिकासहित ३१ जनामा मोतियाबिन्दुको समस्या पहिचान भएकोले शल्यक्रिया गर्नुपर्ने अवस्था आएकोले उनीहरुको बुटवल लायन्स आँखा अस्पताल बुटवलले निःशुल्क शल्यक्रिया गर्ने सहकारीका मुख्य प्रबन्धक लक्ष्मण थापाले जानकारी दिए। शिविरमा आँखाको समस्या देखिएका २८६ जनालाई परीक्षणका साथै परामर्श र औषधि वितरण पनि गरिएको थियो।

शिविरकै अवसर पारेर सहकारीले जेष्ठ नागरिकलाई सम्मानसहित पेन्सन वितरण गरेको छ। संस्थामा आबद्ध ७० वर्षमाथिका सेयर सदस्यलाई मासिक सय रुपैयाँका दरले पेन्सनसहित सम्मान गरिएको छ। सदस्य सम्मान उपसमितिको संयोजनमा सुरुआतमा पुस महिनासम्मको पेन्शनसहित ३४ जना सदस्यलाई सम्मान गारिएको हो।

कार्यक्रममा बोल्दै बचत तथा ऋण सहकारी संघका रुपन्देहीका अध्यक्ष प्रकाश भट्टराई, वडा अध्यक्ष बेलबहादुर बराल, नेत्र विशेषज्ञ डाक्टर मनोहर न्यौपाने , तोलाकान्त बस्याल, परसुराम बास्तोलालगायतले पैसाको अभावका कारण आँखा उपचार सेवा नपाइ दृष्टीविहीनको समस्याबाट बस्नु नपर्ने, विगतका वर्षमा जस्तै अगामी वर्षमा पनि शिविरलाई निरन्तरता दिनुपर्ने, जेष्ठ नागरिक पेन्सन सम्मान जस्तो उदाहरणीय काम सुरुआत गरेकोले अन्य छिमेकी सहकारीहरुले पनि ल्याउनु पर्ने बताए।

यस्तै सहकारीले किशोरी अवस्थाको शारीरिक परिवर्तन सम्बन्धि सचेतनामुलक कार्यक्रम पनि गरेको छ। महिला सशक्तिकरण उप समितिको संयोजनमा ओमसतियास्थित श्री ठुटीपिपल माविमा अध्ययनरत कक्षा ६, ७ र ८ का किशोरीहरुलाई लक्षित गरी किशोरी अवस्थामा हुने परिवर्तन, यसको असर, प्रभाव र स्वास्थ्य सम्बन्धि अवगत गराइएको हो। गंगोलिया हेल्थ पोस्ट प्रमुख अनमी सन्जु ढंगोलले ७३ जना विद्यार्थीहरुलाई शारीरिक परिवर्तन तथा स्वास्थ्यबारे जानकारी गराएकी थिइन्।
 

 

प्रकाशित: २५ माघ २०७६ १२:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App