१८ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

सुनसान कर्णाली पर्यटन वर्ष

जुम्लास्थित चन्दननाथ मन्दिर ः नागरिक

जुम्ला - कर्णाली प्रदेश सरकारले भ्रमण वर्ष २०२० को आफ्नै नारा तर्जुमा प¥यो। त्यो नारा हो,‘यसपाली घुमौँ कर्णाली।’ यो नारा निकै आकर्षक छ। सबैको जनजिब्रोमा सहजै रुपमा बसेको पनि छ। कर्णाली प्रदेशले आफ्नो अनुकुलको लोगो समेत सार्वजनिक ग-यो। जसले कर्णालीको पर्यटन क्षेत्रलाइ निकै अघि बढाउने संकेत दिएको थियो। तर पर्यटन वर्षको शुरुको एक दिन बाहेक पछिल्ला दिनमा पर्यटकीय क्षेत्रमा कुनै तामझाम हुन सकेन्। न पर्यटकीय क्षेत्रमा भने अनुसारका पर्यटक आउन सके, नत आइरहेका आन्तरिक तथा बाह्य पर्यटकलाइ उत्साहित गर्ने खालका कार्यक्रम नै गरियो। उल्टै पर्यटक पनि अलमलमै छन्।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आन्तरिक तथा बाह्य पर्यटकलाइ कर्णाली भ्रमणको निम्तो दिए। कर्णाली आर्थिक, सामाजिक, साँस्कृतिक र प्राकृतिक पर्यटनको खानी हो, उनले भनेका थिए,‘ एक पटक कर्णाली घुमेर सबै पर्यटकीय क्षेत्रको अवलोकन गरौँ। यहाँको मनोरम दृश्यमा डुबौँ। कर्णालीको सुन्दरता हरेक पर्यटकका लागि अजर अमर रहनेछ।’

कर्णाली आर्थिक, सामाजिक, साँस्कृतिक, प्राकृतिक हिसावले पर्यटनको गन्तब्य हो। एक पटक यसपाली घुमौँ कर्णाली। कर्णाली आफैमा प्राकृतिक सुन्दरताको अनुपम भण्डार हो। एक पटक महसुस गरौँ कर्णाली। ’ पर्यटन वर्षको शुभारम्म कर्णालीको प्रमुख पर्यटकीय गन्तब्य बुलबुलेबाटै भएको थियो। उद्घाटन कार्यक्रमको तडकभडक हेर्दा साँच्चै कर्णालीमा पर्यटन वर्ष निकै प्रभावकारी हुने विश्वास थियो। 

त्यो दिन बाहेक पछिल्ला दिनमा न कर्णाली प्रदेशमा आउने पर्यटकलाइ सम्मान गरियो। न पर्यटन वर्षका कुनै क्रियाकलाप भए। पर्यटन वर्ष सुनसान बन्यो। पर्यटनमैत्री कार्यक्रम हुनै छाडे। कर्णाली पर्यटकीय क्षेत्रमा निकै धनी छ।   स्थानीय भन्छन्,‘कर्णाली सबै हिसावले अब्बल छ। तर सरकारी नजरमा नपर्दा कर्णाली परनिर्भरको बाटोमा उन्मुख छ। यहाँ पर्यटक हिड्ने सहज बाटो छैन्। पर्यटकलाइ खाने पर्यटकमैत्री खाना छैन्। पर्यटकमैत्री भौतिक संरचना छैनन्। एक पटक कर्णाली आउने पर्यटक निकै उत्साहित देखिन्छन्, तर आउजाउ गर्ने बाटो कठिन भएका कारण समस्या भएको गुनासो पोख्छन्।

कर्णाली प्रदेश सरकारले राष्ट्यि, अन्र्तराष्ट्यि र स्थानीय महत्वका आधारमा ४० वटा पर्यटकीय स्थानलाइ पर्यटन गन्तब्यको सुचिमा सूचीकृृत गरेको छ। ती सबै पर्यटकीय स्थानसम्म पुग्ने सहज बाटो छैन्। कर्णाली भित्र आन्तरिक उडान छैन्। जुम्लाका त्रिवेणी, दानसाँघु,गुठिचौर, पातारासी र चन्दननाथ मन्दिर पर्यटन गन्तब्यको सूचीमा समाविष्ट छन्।

जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढा अहिलेसम्म पर्यटन वर्षको बारेका कुनै कार्यक्रम नभएको बताउँछन्।उनले भने,¬‘पर्यटन वर्षको कुनै चहलपहल छैन्। अब पर्यटन वर्ष लक्षित कार्यक्रम गर्नुपर्ला। त्यसको लागि स्थानीय तहसंगको छलफलअघि बढाउनेछौ।’ उनका अनुसार जिल्ला समन्वय समितिका प्रमुखको अध्यक्षतामा जिल्ला स्तरीय पर्यटन प्रवद्र्धन समिति बनाउनको लागि पत्र आएको छ।  त्यो समितिले नै पर्यटन वर्षका क्रियाकलाप गर्ने उनको भनाइ छ।

जुम्लामा पर्यटनका थुप्रै संभावना छन्। ती संभावना युक्त क्षेत्रसम्म पर्यटक पु¥याउन योजना तर्जुमा गर्नेतर्फ लागि परेको उनी बताउँछन्। यहाँका स्थानीय तहले पनि पर्यटनमैत्री योजना बनाउन सकेका छैनन्। प्रमुख पर्यटकीय गन्तब्य पहिचान गर्न सकेका छैनन्। केन्द्र सरकारले पर्यटन वर्षलाइ भब्य र सभ्य बनाउन सक्रियता देखाइरहेको छ। तर प्रदेश र स्थानीय तहमा कुनै काम हुन सकेको छैन्।

नेपाल भ्रमण वर्ष २०२० का लागि कर्णाली प्रदेश सरकारले गठन गरेको प्रदेश स्तरीय समन्वय समितिका सदस्य प्रकाश अधिकारी भ्रमण वर्षको शुभारम्भको दिन बाहेक पछिल्ला दिनमा पर्यटन वर्षका गतिविधि हुन नसकेको बताउँछन्।
अहिले खासै गतिविधि भइराखेका छैनन्,सदस्य अधिकारीले भने,‘बजेट पनि छैन्।योजना पनि खासै देखिदैन्। पर्यटन वर्ष कर्णालीमा निकै सुस्त छ। ’ आफूहरु सुझाव दिने निकायमा भएकोले बारम्बार सुझाव दिइरहेको उनको भनाइ छ। बजेट निर्माणदेखि कार्यक्रम सञ्चालन गर्ने सबै काम मन्त्रालयले आफै गर्ने गर्छ।

उद्योग वन तथा पर्यटन मन्त्रालयका सूचना अधिकारी शेरवहादुर रोकाया पर्यटन वर्ष लक्षित कार्यक्रम तर्जुमाका लागि तीन वटा प्रस्तावअघि बढाएको बताउँछन्। उनले भने, वीरेन्द्रनगरमा कर्णाली महोत्सवको आयोजना गर्ने,जुम्लाको सिँजामा अन्र्तराष्र्टिय भाषा सम्मेलन गर्ने र से फोक्सुण्डो पर्यटन प्रवद्र्धनका लागि महोत्सव आयोजन ागर्ने प्रस्ताव तयार भएको बताउँछन्। कर्णाली प्रदेशको दैलेख खण्डमा पर्ने राकम कर्णालीमा अन्र्तराष्ट्यि ¥याफ्टिङ प्रतियोगिता आयोेजनाको लागि तयारी भइरहेको उनले बताए।

मन्त्रालयको बार्षिक कार्यक्रम शुभारम्भको लागि मात्र बजेट थियोे। यो इभेन्ट सकियो। उनले भने,‘ भिजिट २०२० समन्वय समितिले बैठक बसालेर गरेको निर्णय कार्यन्वयनमा मन्त्रालयको साथ रहन्छ। मन्त्री स्तरीय बैठक सकिएर निर्णय भएपछि पर्यटन प्रवद्र्धनका कार्यक्रम हुन्छ। उनले भने, ‘ अहिले प्रचारप्रसारका क्रियाकलाप भइरहेका छन्। कर्णाली पर्यटन बोर्डका सदस्य ललितजंग महत बोर्डको पहिलो बैठक बसेको बताउँछन्। पहिलो बैठकले कार्यकारी निर्देशक नियुक्ती गर्न सिफारिस समिति निर्माण गरेको छ।  सिफारिस समितिको अध्यक्ष  म आफै छु। कार्यकारी निर्देशक नियक्तिसंगै पर्यटन प्रवद्र्धनका क्रियाकलाप अघि बढ्छन्। कर्णालीको पर्यटन प्रवद्र्धनका लागि पर्यटन बोर्ड निकै चिन्तित बनेको छ।

प्रकाशित: २५ माघ २०७६ १०:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App