२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

रेडक्रसमा राजनीति

बनेपा – रेडक्रस मानवीय सेवामा समर्पित एउटा स्वतन्त्र संस्थाका रूपमा विश्वव्यापी पहिचान रहँदै आएको छ। तर, रेडक्रसको काभ्रे जिल्ला शाखाकमा यो कुरा लागुभएको छैन। आगामी शनिबार हुने जिल्ला समितिको निर्वाचनमा बिहीबारको उम्मेदवारी दर्तालेसमेत लागु नभएको पुष्टि भएको छ। १७ सदस्यीय जिल्ला कार्यसमितिका लागि नेकपा र नेपाली कांग्रेसबाट प्यानल बनाएरै चुनावी मैदानमा उत्रेका छन्।

वर्तमान जिल्ला सभापति रघुवर चौप्रधानले नेकपाको नेतृत्व गरेका छन् भने २०६७ मा शाखा उपसभापति भएका बिदुरप्रसाद घिमिरेले कांग्रेसको नेतृत्व गरेका छन्। चुनावमा २९ वटा उपशाखाका एक सय ४५ र जिल्ला शाखाका २५ गरेर जम्मा एक सय ७० जना मतदाताका रूपमा प्रतिनिधि सहभागी हुँदैछन्। निर्वाचनमा स्वतन्त्र मतदाताको मत निर्णायक भएकाले उनीहरूलाई फकाउनका लागि दुवै समूह सक्रिय भएर लागेको छ।

काभ्रेको निर्वाचनका लागि रेडक्रस केन्द्रले सिन्धुपाल्चोकका सभापति राजेन्द्रमान ताल्चाभँडेललाई मुख्यनिर्वाचन अधिकृत र सोही शाखाका मन्त्री कमरलचरण कक्षपतिलाई अधिकृतको रूपमा तोकेको छ। रेडक्रसको पुरानै विधानअनुसार उपशाखाबाट प्रतिनिधिहरू मतदाता रहेपनि निर्वाचन भने नयाँ विधानअनुसार हुने निर्वाचन समितिले जनाएको छ। सो अनुसार रेडक्रसमा पहिलो पटक एक जना महिला उपसभापति र ३ जना महिला सदस्यहरू निर्वाचित हुँदै छन्।

अघिल्लो महिना सम्पन्न ४४ औं जिल्ला सभामै हुनुपर्ने चुनावलाई पार्टीगत विवादकै कारण एक महिनापछि धकेलिएको थियो। रेडक्रसमा पार्टीगत रूपमा उम्मेदवार बनाएर निर्वाचनमा चानु दुःखद भएको पुराना रेडक्रसकर्मीको भनाइ छ।

प्रकाशित: २४ माघ २०७६ ०३:१७ शुक्रबार

रेडक्रस