२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

चीनबाट फर्काइएका नेपालीलाई भक्तपुरमा राखिने भएपछी स्थानीयद्वारा नाराजुलुस

भक्तपुर- कोरोना भाइरसको उद्गमस्थल मानिने चीनको हुवे प्रान्तको उहान र आसपासका नेपालीलाई त्यताबाट नेपाल ल्याई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधीकरणमा राखिने समाचार बाहिर आएपछि बुधबार स्थानीयबासीले विरोध जनाएका छन्। स्थानीयबासीले नाराजुलुश गरी त्यहाँं राख्न नदिने घोषणा गरेका हुन्।

वस्तीको बीचमा रहेको सो क्षेत्रमा राख्दा स्थानीय पनि संक्रमित हुन सक्ने भएको भन्दै आफूहरुले विरोध गर्नुपरेको स्थानीय प्रकाश लामिछानेले बताए। सो क्षेत्रमा नाराजुलुशपछि उनीहरु नजिकैको चाँंगुनारायण नगरपालिकाको कार्यालय पुगी जुनै हालतमा पनि त्यहाँं राख्न नदिने जनाएका थिए।  

 

प्रकाशित: २२ माघ २०७६ १३:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App