२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

जनकपुर भन्सारका नायब सुब्बा डेढ लाख घुससहित पक्राउ

फाइल तस्बिर

काठमाडौं - जनकपुर भन्सार कार्यालय धनुषामा कार्यरत नायब सुब्बा अहमद रजा अन्सारी साढे एक लाख घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाटखटिएको टोलीले अन्सारीलाई एक लाख ५० हजार घुस रकमसहित सोमबार रंगेहात पक्राउ गरेको हो।

उनले नेपाल भारत सीमा बजारबाट घरायसी सामानहरू ल्याउन सहज गरिदिने भन्दै घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अनुसन्धान गर्दा जनकपुर उपमहानगरपालिका८ पिडारी चोकबाट पक्राउ गरेको हो। अन्सारीलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेकोअख्तियारले जनाएको छ।

प्रकाशित: २१ माघ २०७६ ०७:४६ मंगलबार

घुस पक्राउ अख्तियार