४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

घटेनन् कुष्ठरोगी, सरकारको लक्ष्यलाई चुनौती

काठमाडौं - सन् २०१० मा निवारण घोषणा भएको कुष्ठरोगको अवस्था दश वर्षदेखि उस्तै रहेको छ। बर्सेनी नयाँ कुष्ठरोग लाग्नेको संख्या तीन हजारभन्दा बढीको रहेको विभिन्न तथ्यांकले देखाएको छ। सरकारले कुष्ठरोग निवारण गर्नका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको भएपनि प्रभावकारी हुन सकेको छैन।

सरकारले सन् २०२० भित्रमा कुष्ठरोगको प्रकोप दर प्रति दश हजारमा १ अर्थात् निवारण गर्ने लक्ष्य लिएको थियो। सरकारले सन् २०१० मा प्रति १० हजारमा एक जनाभन्दा कम संख्यामा नयाँ बिरामीको संख्या फेला परेको आधारमा यस्तो घोषणा गरिएको थियो। उक्त समयमा प्रति १० हजारमा ०.७७ जना नयाँ कुष्ठरोग लाग्ने दर थियो। अहिले नेपालमा कुष्ठरोगीको प्रकोप दर ०.९९ रहेको तथ्यांक छ।

यो संख्या आर्थिक वर्ष २०७५/०७६ मा तीन हजार दुई सय ८२ मा पुगेको छ। अघिल्लो अर्थिक वर्षमा तीन हजार दुई सय ४९ जना थियो। सन् २०१६ मा तीन हजार दुई सय १५ जना र सन् २०१५ मा तीन हजार ५४ जना कृष्ठरोगी रहेका थिए। सन् २०१० देखि अहिलेसम्म तीन हजारभन्दा बढीकै दरमा नयाँ कुष्ठरोगी फेला पर्ने गरेको बताइएको छ।

सन् २०१६ देखि नयाँ कुष्ठरोगी फेला पर्ने दर बढ्दै गएको तथ्यांकले देखाएको छ। आइतबार ६७ औं विश्व कुष्ठरोग दिवस मनाउँदै कुष्ठरोगको अवस्था बारे जानकारी दिइएको थियो। शाखाका अनुसार यो दर १४ वर्ष मुनिका बालबालिकाको बिरामीको अनुपात ७.९२ छ। महिला बिरामीको अनुपात ३४.८३ रहेको छ। नयाँ बिरामीको दास्रो तहको असमर्थता दर ५.३० रहेको छ।

सरकारले कुष्ठरोग नेपालमा सन् २०२० को अन्त्यसम्म निवारण गर्ने लक्ष्य लिएको छ। जसअनुसार सबै जिल्लामा कुष्ठरोगको प्रकोप दर १ प्रतिशतभन्दा कममा पु¥याउने, कुष्ठरोगका नयाँ बिरामी मध्येमा १४ वर्ष मुनिका असमर्थताको तह २ लाई शुन्य बनाउने, निदान भएका बिरामीलाई असमर्थताको तह १ भन्दा कम गर्ने, कुष्ठरोग प्रभावितलाई भेद्भाव हुन नदिने लक्ष्य लिएको छ।

प्रकाशित: १३ माघ २०७६ ०२:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App