२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

राष्ट्रिय जनगणना वैज्ञानिक बनाउन सुझाव

रामेछाप – राष्ट्रिय जनगणना २०७८ को तयारी चलिरहँदा जिल्लाका सरोकारावालाले जनगणनालाई प्रभावकारी र वैज्ञानिक बनाउन सुझाव दिएका छन्।

तथ्यांक कार्यालय, सिन्धुलीले मंगलबार सदरमुकाम मन्थलीमा आयोजना गरेको जिल्लास्तरीय छलफल तथा अन्तत्र्रिmया कार्यक्रममा सहभागीहरूले जनगणनालाई प्रक्रिया पूरा गर्ने तरिका नभई परिवर्तनको एउटा आधारका रूपमा वैज्ञानिक प्रक्रियाबाट जनगणना अघि बढाउन सम्बन्धित कार्यालयलाई आग्रह गरेका हुन्।

कार्यक्रममा सहभागी मन्थली नगरपालिका प्रमुख रमेश बस्नेतले जनगणना प्रभावकारी र वैज्ञानिक विधि प्रयोग नभएकै कारण तथ्यांक नमिल्दा समस्या भएको बताए। तथ्यांक स्पष्ट नहुँदा बसाइँसराइले प्रभाव पारेको र परिवार सदस्य संख्या छुट्ने समस्या बाक्लै रहेको बताए। उनले वडा र जनसंख्याको मापदण्डले मान्य हुने व्यवस्था न्यायोचित र प्रभावकारी नभएकाले यस्तो नीतिमा परिमार्जन गर्न जरुरी रहेको बताए।

बाग्मती प्रदेशसभा सदस्य शान्तिप्रसाद पौडेलले जनगणनाको सम्बन्ध स्थायी ठेगानासँग हुनु पर्नेमा जोड दिए। व्यक्तिले राज्यको सेवा ठेगानबाट लिन्छ भने गणना पनि सोही स्थानबाट हुनु पर्ने दाबी गरे। पौडेलले जनगणना साक्षर निरक्षर मात्र होइन दक्ष जनशक्ति कति छन् भन्ने पहिचानको आधारसमेत बन्नु पर्नेमा जोड दिए। पूर्वाधारको विकासमा जनसंख्याको प्रभाव पर्ने हुदा जनगणनालाई सबैले उतिकै महत्व दिनु पर्ने पौडेलको सुझाव थियो।

विकास निर्माणका हरेक गतिविधिमा तथ्यांकले महŒवपुर्ण भूमिका खेल्ने भएकाले जनगणनामा सबै निकाय जिम्मेवार हुनु पर्ने प्रमुख जिल्ला अधिकारी लीलाकुमारी केसी पाण्डेले बताइन्। नेपाल जस्तो विकासोन्मुख देशमा लामो समयको अन्तरालमा ठूलो खर्चमा हुने जनगणनामा सबै क्षेत्र र तह गम्भीर भएर लाग्नु पर्ने उनको भनाइ थियो।
उनले जनसंख्या पहिचान हुन नसक्दा विकास गतिविधि प्रभावित हुने बताए।

तथ्यांक कार्यालय, सिन्धुलीका प्रमुख टीकाप्रसाद नेपालले राष्ट्रिय जनगणना २०७८ प्रभावकारी बनाउन आवश्यक तयारी भइरहेको जानकारी दिए। उनले विभिन्न चरणमा जनगणनाको काम हुने र अहिले आवश्यक नक्सा बनाउने काम भइरहेको बताए। अन्तरक्रिया कार्यक्रममा कार्यालय प्रमुख नेपालले जनगणनामा संचालन हुने विभिन्न गतिविधि प्रक्रिया र विधिका बारेमा सरोकारवाला निकायलाई जानकारी गराएका थिए। कार्यक्रममा सहभागीले राष्ट्रिय जनगणना प्रभावकारी बनाउन आवश्यक सुझावसमेत राखेका थिए।

प्रकाशित: ८ माघ २०७६ ०२:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App