२८ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

ट्यूसन पढाउँदै प्रदेश सरकार

एक दिने अभिमुखिकरण गोष्ठीमा सहभागि रोल्पाका गणित र विज्ञानका शिक्षकहरु। तस्बिर : नागरिक

रोल्पा- प्रदेश न. ५ सरकारले आफ्नो क्षेत्रका १२ जिल्लामा अपरिपक्क योजना कार्यान्वयन सुरु गरेको भन्दै गुनासो सुनिन थालेको छ। आउदै गरेको एसईई परीक्षामा नतिजा सुधार गर्ने नाममा प्रदेश सरकारले विभिन्न जिल्लाका ७ सय ४२ विद्यालयमा बिज्ञान र ८ सय ८८ बिद्यालयमा गणित बिषयको ट्युसन कक्षा सुरु गरेको छ। सामाजिक विकास मन्त्रालयको आर्थिक लगानिमा सुरु गरिएको उक्त ट्युसन कक्षाले विद्यार्थिहरु क्याम्पस भर्ना हुन सहज हुने मन्त्रालयले बताएको छ।

सामुदायिक विद्यालयमा विज्ञान र गणित विषयको नतिजा सुधार भन्दै सुरु गरिएको विषेश कक्षा प्रति शिक्षामा सरोकार राख्नेहरु सन्तुष्ट देखिदैनन्। बिभिन्न जिल्लाका सयौ विद्यालयमा न्युन तलबमा नीजि श्रोतका शिक्षकले पठनपाठन गर्दै आएका छन। विद्यालयको भौतिक अबस्था अस्तब्यस्त छ तर राज्यले ट्युसन केन्द्रित कार्यक्रम ल्याएको प्रति शिक्षामा सरोकार राख्नेहरुले ‘प्रचारबाजि योजना’ सुरु गरिएको टिप्पणी गरेका हुन्।

‘यो दीर्घकालिन समाधान होईन। विद्यालयमा प्रयाप्त विषगत शिक्षक भए त समस्या नै आउदैन थियो।’ बालकल्याण नमुना मावि रोल्पाका प्रअ मधुसुदन पोख्रेलले भने ‘यो देखावटी कार्यक्रम जस्तो भयो तर पनि विद्यार्थिलाई केहि राहत भने हुन्छ।’ त्यसो त प्रदेश सरकारले ट्युसान सुरु गरेका विद्यालयहरुमा अंगे्रजी बिषयको पनि सिकाई उपलब्धी एकदमै न्युन छ तर पनि आयोजकले त्यतातिर चासो दिएको छैन।

‘अंग्रेजी र विज्ञानको प्रयोगात्मक परीक्षाका कारणले नम्बर बढि आउँछ तर गणितमा प्रयोगात्मक हुदैन अनि नतिजा कमजोर आउँछ।’ सामाजिक विकास डिभिजन कार्यालयका प्रमुख बिष्णु प्रसाद भुसालले भने ‘विद्यार्थिलाई कक्षा बढाउनका लागि यसो गरिएको हो।’ गतिलो सिकाईका साथ विद्यार्थिलाई ज्ञान दिने भन्दा पनि जसरी पनि एसईई पास गराउने मान्यताले यो कार्यक्रम लागु गरिएको छ।

प्रदेश सरकारको ट्युसन कक्षा प्रति शिक्षक महासंघ रोल्पाका अध्यक्ष भिम प्रकास पुन पनि सन्तुष्ट छैनन्। ‘यसले केहि सहयोग त गर्छ तर बास्तबिक समस्या समाधानमा यो कार्यक्रम बोलेको छैन।’ पुनले थपे ‘सानो कक्षाबाटै शैक्षिक सुधार नगर्दासम्म ट्युसन वा बिषेश कक्षाले खासै अर्थ राख्दैन।’ रोल्पा र प्युठानमा मात्रै ट्युसन कक्षाका लागि प्रदेश सरकारले करिब ६१ लाख बढि रकम खर्चिने बताएको छ। ५२ दिनसम्म कक्षा कोठामा सोहि स्कुलका शिक्षकले नै पठनपाठन गर्नेछन्।

जरा सुख्खा हुँदै गर्दा पातमा पानी छरे जस्तो भन्दै कार्यक्रमको आलोचना पनि भईरहेको छ। ‘एक बर्ष सम्म शिक्षकले पढाएको नपुगेर सरकारले नै लगानि गरेर ट्युसन पढाउन सुरु गर्नु लाजमर्दो कुरा हो,’ एक शिक्षकले भने ‘यस्तो ट्युसन त हरेक बर्ष सबै विद्यार्थिले यसै गरि पढिरहेका थिए। जरा कस्तो छ नहेर्ने अनि पातमा पानी छरेर बिरुवा गतिलो हुन्छ ?’  उनका अनुसार यो एक प्रकारको नौटङ्की हो।

वडा कार्यालय वा कुनै एनजिओले संचालन गर्ने स्तरको योजना प्रदेश सरकारले अगाडि ल्याउँदै गर्दा समग्र शैक्षिक सुधारका बारेमा भने कतै बोलेको छैन। रोल्पामा जस्तै दाङका शिक्षकहरु पनि प्रदेश सरकारको यो कार्यक्रम प्रति सन्तुष्ट छैनन्। ‘लाखौ रकम खर्चिएर बिषेश कक्षाका नाममा सुरु गरिएको ट्युसन कक्षाले विद्यार्थिको सिकाई उपलब्धी बढ्ने नभएर जसरि भए पनि पास गराउने उद्येश्य देखिन्छ।’ सरस्वती माबि दाङका प्रअ बसन्ता पौडेलले भनिन् ‘जरालाई ध्यान नदिएर रुखको पात मुसारे जस्तो भयो।’

स्थानीय तहलाई माध्यमिक तहसम्मको जिम्मा दिईएको भए पनि प्रदेश सरकारले स्थानीय सरकारसंग समन्वय बिना नै कार्यक्रम संचालन गरेको छ। रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसिले यो बिषयमा आफुलाई कुनै जानकारी नभएको बताउदै भने ‘यो प्रकृतीको कार्यक्रम बिगतदेखि नै हामीले चलाई रहेका थियौ।’ बुझाएर सिकाउने भन्दा पनि जसरी भए पनि उत्तिर्ण गराउने उद्येश्यले सुरु गरिएको ट्युसन कक्षाले नतिजा सुधार ल्याउने भन्दै प्रदेश सरकार दंग छ।

१२ वटै जिल्लाका गणित र विज्ञानका शिक्षकहरुलाई आफ्नो सदरमुकाममा बोलाएर प्रदेश सरकारले एक दिने अभिमुखिकरण गोष्ठीमा राखेर कक्षा संचालनका बारेमा छलफल गरेको छ।

 

 

 

प्रकाशित: ६ माघ २०७६ ०५:५० सोमबार

प्रदेश शिक्षा ट्युसन