८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

आजबाट मौसममा पूर्ण सुधार हुँदै

काठमाडौं – पश्चिमी न्युन चापीय वायुको प्रभावले केही दिनयता प्रभावित मौसम आइबारदेखि पूर्ण सुधार हुने बताइएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाकाअनुसार पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव कम भएपछि आइतबारदेखि मौसममा सुधार आउनेछ। हाल देशको पूर्वी भू–भागलगायत मध्य तथा पश्चिमी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ र उपत्यका तथा तराइका केही स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ।

महाशाखाको पछिल्लो विवरणअनुसार आइतबार काठमाडौं उपत्यकाको न्युनतम तापक्रम ५.९ डिग्री र अधिकतम १६.६ डिग्री सेल्सियस रहेको छ। आइतबार सबैभन्दा कम जुम्लाको न्युनतम तापक्रम माइनस ०.१ डिग्री सेल्सियसमा झरेको छ। आइतबार देशको पूर्वी भू–भागलगायत मध्य तथा पश्चिमी पहाडी भू–भागमा आंशिक बदली भएर बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सोमबारदेखि पहाडी भेगमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहने बताइएको छ। मंगलबार पहाडी भेगमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रही पश्चिमी पहाडी भेगका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।रासस

प्रकाशित: ६ माघ २०७६ ०३:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App