२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

वृद्धवृद्धा भेटघाट चौतारी बनाउँदै गाउँपालिका

खोटाङ– खोटाङको खोटेहाङ गाउँपालिकाले वृद्धवृद्धालाई लक्षित गरेर प्रत्येक वडामा वृद्धवृद्धा भेटघाट चौतारी बनाउने तयारी गरेको छ। वृद्धवृद्धा भेला हुने, आराम गर्ने, गफगाफ गर्ने लगायतका प्रयोजनका लागि गाउँपालिकाले ९ वटै वडामा एक–एक वटा भेटघाट चौतारी बनाउने तयारी गरेको हो। वृद्धवृद्धा भेटघाट चौतारी बनाउनका लागि चालु आर्थिक वर्ष ९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष प्रदीप राईले बताए।

विनियोजित रकमबाट एक–एक लाख रुपैयाँका दरले प्रत्येक वडामा वृद्धवृद्धा भेटघाट चौतारी निर्माण गरिने जनाइएको छ। छाना हालेको भेटघाट चौतारीमा चारैतिर बस्न र आराम गर्न मिल्ने संरचना निर्माण गरिने गाउँपालिका अध्यक्ष राईले बताए।

वृद्धवृद्धाको सम्मान एवं उनीहरुको सहजताका लागि वडा–वडामा भेटघाट गर्ने चौतारी निर्माण गर्न लागिएको हो। गाउँपालिकाले हरेक वृद्धवृद्धालाई ज्येष्ठ नागरिक परिचयपत्र पनि वितरण गर्दै आएको छ। हरेक वडामा वर्षको एक दिन ज्येष्ठ नागरिक सम्मान कार्यक्रम गर्ने गरिएको र सोही अवसरमा स्वास्थ्य परिक्षण समेत गर्ने गरिएको गाउँपालिका अध्यक्ष राईले बताए।

प्रकाशित: ५ माघ २०७६ ११:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App