जुम्ला - ‘विकासका नाममा बिनास निम्तियो। जथाभावी जमिन धुजाधुजा पार्ने काम ग-यो। डोजरले सडक खन्ने नाममा कमिसनतन्त्र मौलायो। फलस्वरुप जनताको विकासको लागि आएको बजेटको सहि सदुपयोग भएन्।’ यो आरोप जुम्लाका जनप्रतिनिधिले बारम्बार खेपिरहेका छन्। उसो त शिक्षा, स्वास्थ्य क्षेत्रमा चासो नदेखाउदा निरक्षरता बढ्दै गइरहेको र गाउँका स्वास्थ्य चौकीमा औषधी अभावको दर बढेको आरोप पनि लाग्ने गरेको छ।
दक्ष जनशक्ति उत्पादनका काममा ध्यान नदिएर प्राविधिक जनशक्ति अभाव झेल्नु परिरहेको विषय पनि स्थानीय तहमा देखिएको छ। अहिलेसम्म कसैले पनि प्राविधिक शिक्षामा लगानी गर्नेतर्फ ध्यान दिन सकेका थिएनन्। तर जुम्लाको पातारासी गाउँपालिकाले गाउँसभाबाटै कार्यविधि पारित गरेर प्राविधिक जनशक्ति उत्पादनका लागि ‘उच्च शिक्षा छात्रावृृत्ति कार्यक्रम’ सञ्चालन गर्यो। प्राविधिक जनशक्ति उत्पादनका क्षेत्रमा गरिएको यो कार्य जुम्लाकै नमुना बनेको छ।,
एमबीबीएसदेखि अन्य प्राविधिक क्षेत्रमा जनशक्ति उत्पादनका लागि लगानी गरेर सर्वसाधारण नागरिकको मन जित्न सफल भएको हो। यो कार्यक्रमलाइ यहाँका बिपन्न विद्यार्थीले अवसरका रुपमा लिएका छन्। एमबिबिएससँगै बिडिएस, बिएस्सी नर्सिङ, बिएस्सी फरेस्टी, कृषिमा पनि स्नातक तहका प्राविधिक धारतर्फको अध्ययनमा लगानी गर्न थालेको गाउँपालिका अध्यक्ष लक्षिमन बोहरा बताउँछन्। उनले भने,‘ यो लगानीले यहाँको प्राविधिक जनशक्ति अभावको समस्यालाइ संवोधन गर्ने छ। यहाँको जनशक्तिले यहाँको बिकास निर्माणको कार्यमा जिम्मेवार पुर्वक भुमिका निर्वाह गर्ने छन, यो कार्यक्रमको मर्म पनि यही हो। ’ ‘यहाँको साक्षरता ४५ प्रतिशत मात्र छ । साक्षरता प्रतिशत वृद्धि गर्न पनि गाउँपालिकाले उच्च शिक्षा छात्रवृत्ति कार्यक्रम ल्याएको हो,’ उनले भने।
पहिलेका दुइ वर्ष सडकलाइ प्राथमिकता दिएको पातारासीले पछिल्लो समयमा शिक्षा क्षेत्रलाई प्राथमिकताका साथ अघि बढाउन थालेको छ। जब सम्म शिक्षाको ज्योति गाउँबस्ती सम्म पुग्दैन्, तब सम्म हरेक बिकास संभाव हुनेछैन्,‘अध्यक्ष बोहोरा भन्छन्,‘ शिक्षामा लगानी गर्नु निकै महत्वपूर्ण बिषय हो। समाजको अन्धकारितालाइ शिक्षा ज्योतिले झलमल्ल बनाउँने छ। ’
अशिक्षाकै कारण समाजमा बालविवाह लगायत सामाजिक कुसंस्कार पनि विद्यमान छन्। ‘यसैलाई मध्यनजर गर्दै साक्षरता वृद्धि गरी सामाजिक कुसंस्कार न्यूनीकरण गर्न उच्च शिक्षा छात्रबृद्धि कार्यक्रम ल्याउनुपरेको अध्यक्ष बोहोरा बताउँछन्। चालू आर्थिक वर्षमा उच्च शिक्षा छात्रवृत्तिका लागि पाँच लाख र लोकसेवा तयारी कक्षाका लागि तीन लाख गरी आठ लाख रुपैयाँ बजेट विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले जानकारी दिए । उनले भने,‘ यो रकम समाजमा पढ्न् इच्छा हुदाँहुँदै पनि आर्थिक अभावका कारण पढ्न नसकेका गरिब विद्यार्थीको लागि निकै उपलव्धी पुर्ण हुनेछ। ’ अहिले जताततै प्राविधिक शिक्षा अध्ययन गर्न पाउँछ, तर आर्थिक अभावका कारण अध्ययन गर्न सकिने अवस्था छैन्। बेरोजगार बस्नु पर्ने बाध्यता कायमै छ। यो कार्यक्रमले थोरै भएपनि राहत दिनेमा स्थानीय सरकार ढुक्क छ।
उच्च शिक्षा छात्रवृत्तिका लागि गाउँपालिकाले इच्छुक व्यक्तिसँग आवेदन माग गरिसकेको छ । बिडिएसमा एकजना र अन्यतर्फ गरी १० जनाजतिको आवेदन आएको गाउँपालिकाले जनाएको छ । उच्च शिक्षा छात्रवृत्ति कार्यक्रम कार्य्विधि नै बनाएर सुरु गरेको प्रमुख प्रशासकीय अधिकृत बुढ्थापा बताउँछन्। यो गाउँपालिकामा ७ वटा वडा छन्। तत्कालिन छुमचौर, पातारासी, डिल्लीचौर र पटमारा गाबिस मिलेर गाउँपालिका बनेको हो।
प्रकाशित: २ माघ २०७६ ०६:०२ बिहीबार