५ पुस २०८१ शुक्रबार
image/svg+xml
समाज

क्रिकेट रङ्गशालामा महायज्ञ लगाइदै

चितवन – गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा सहयोग पु-याउन आगामी माघ १९ गतेदेखि २६ गतेसम्म धान्याञ्चल महायज्ञ लगाइने भएको छ।

पश्चिम चितवनको रामपुरमा रङ्गशाला निर्माणाधीन रहेको छ। महायज्ञ सम्पन्न गर्न प्रदेशसभा सदस्य लिवजय सुवेदीको संयोजकत्वमा एक हजार १११ सदस्यीय मूल समिति गठन गरिएको छ। महायज्ञबाट रु ५० करोड सङ्कलन गर्ने लक्ष्य रहेको समितिका महासचिव दिनेशकुमार चुकेले जानकारी दिए। मूल वाचकका रुपमा पण्डित दिनबन्धु पोख्रेल रहने छन्।

रङ्गशाला निर्माणस्थलमा नै महायज्ञ लगाइदै छ। पछिल्लो समय रङ्गशाला निर्माणको काम तीव्र गतिमा अघि बढाइएको छ। सहयोग जुट्ने क्रमसमेत निरन्तररुपमा अघि बढेको छ। धुर्मश सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले रङ्गशाला निर्माणले निरन्तरता पाएको जानकारी दिए। मैदान निर्माणका गर्न अन्तर्राष्ट्रिय स्तरका विज्ञसँग सम्झौता गरिँदै छ।

रङ्गशालाको आकार आउने गरी काम अघि बढेको छ। मैदान, संरचनाको जग राख्ने काम, ढल निकासको काम भइरहेको उनले जानकारी दिए। रङ्गशालामा नमूना खेल मैदान निर्माण गरी मैत्रीपूर्ण खेलसमेत भइरहेका छन्। ५० ओभरका तीनवटा पिच तयार भएर तीनै खेलमैदानमा खेल भएका हुन। रङ्गशाला सम्पन्न हुँदै गर्दा सो ठाउँ पार्किङ हुनेछ।

रङ्गशालामा देशका ७७ जिल्लाको अपनत्व हुने गरी नक्साङ्कन गरिएको छ। रङ्गशालाको विभिन्न कक्षलाई जिल्लाबाट नामकरण गरिएको छ। रङ्गशाला सम्पन्न गर्न रु दुई अर्ब ५० करोड खर्च हुने अनुमान गरिएको छ।

प्रकाशित: २८ पुस २०७६ ०४:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App