१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

क्रसर संचालक विपन महतो पक्राउ

दाजु दिलीपको मृत्युको खबरले भावविह्वल बहिनी लक्ष्मी महतोसहित आफन्त। तस्बिर : नागरिक

ढल्केबर - धनुषाको मिथिला नगरपाकिला ५ श्रीपुरस्थित औरही खोला उत्खननको विरोध गर्ने ओमप्रकाश महतो(दिलिप) हत्या प्रकरणमा सोही ठाउँका क्रसर संचालक विपिन कुमार महतोलाई प्रहरीले पक्राउ परेको छ। श्रीपुर निवासी विपिनलाई जनकपुरधाम उपमहानगरपालिका –१ बाट शनिबार बिहान जिल्ला प्रहरी कार्यालय जनकपुरको विशेष टोलीले पक्राउ गरेको हो। पक्राउ गरी महतोलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामकुमार यादवले जानकारी दिए।

अनुसन्धानका लागि ओमप्रकाशका साथी रोशन यादव, टिपर चालक मुनिन्द्र महतोलाई शुक्रबारै पक्राउ गरिएको प्रहरी निरीक्षक यादवले बताए। मृतक महतोको शव शुक्रबार बिहानदेखि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ। शव एम्बुलेन्समै छ प्रहरी निरीक्षक यादवले नागरिकसँग भने,‘केहिबेर अघि मात्र पोष्टमार्टमको प्रक्रिया सुरु भएको छ।’ परिवारजनले प्रहरीमा जाहेरी दिएपछि शवको पोस्टमार्टम प्रक्रिया सुरु हुन्छ, यादवले बताए।

शुक्रबार बिहान करिब ४ बजेतिर औरही खोलामा उपकरण प्रयोग गरी भइरहेको अवैध दोहन रोक्न पुगेका महतोलाई टिपरले किचेर हत्या गरिएको थियो। महतो परिवारले हत्यामा चुरियामाई बालुवा प्रशोधन उद्योग(क्रसर) का सञ्चालक विपिन महतोलगायतको संलग्नता रहेकोे आरोप लगाइरहेका छन्।

प्रकाशित: २६ पुस २०७६ ०६:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App