७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

होडिङ बोर्ड हटाउन महानगर सक्रिय

काठमाडौं- काठमाडौँ महानगरपालिकाले ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल बनाउने उद्देश्यले उपत्यकाभित्र जाथाभावी राखिएको होडिङ बोर्डहरु हटाउन थालेको छ। गत पुस ९ गते गृहमन्त्रालयको निर्देशनपछि महानगरपालिकाले उपत्यकाका विभिन्न क्षेत्रमा राखिएको पर्चा, पम्प्लेट, बोर्ड, होर्डिङ बोर्ड हटाउन सुरु गरेको हो। जथाभावी राखिएको विज्ञापन बोर्डले सहर कुरूप बनाएको भन्दै त्यस्ता विज्ञापन हटाउन लागिएको महानगर प्रहरी प्रमुख धनपति सापकोटाले बताए।

महानगरपालिकाले होर्डिङ बोर्ड हटाउने निर्णय गरेको लामो समय बितिसक्दा बल्ल होडिङ बोर्ड हटाउन सक्रिय देखिएको छ। तिनकुने, माइतीघर, टेकु, सोह्रखुट्टे, त्रिपुरेश्वर, पुलतीसडक, थापथली, चावहिल, बानेश्वर लगायतका स्थानमा नियम विपरीतका होडिङ बोर्ड हटाइएको महानगर प्रहरी सापकोटाले बताए। महानगरले उपत्यकाको विभिन्न स्थानबाट १९ वटा ठूला र ५ सय ३४ वटा साना होर्डिङ बोर्ड हटाइएको महानगरले जनाएको छ।

बिजुलीको पोल तथा सडकछेउको फलामे पोल तथा सिमेन्टको पोलमा राखिने व्यवसायीक तथा फ्रेमसहितको ब्यानर राख्न महानगगर भर प्रतिबन्धित रहेको महानगरको प्रवक्ता ईश्वरमान डंगोलले बताए। उनले भने, ‘यदाकदा राखिने ब्यानरहरू महानगरको टोलीले दैनिक रूपमा निकाल्ने गरेको छ।’

महानगरपालिका विज्ञापन बोर्ड तथा प्रचारसामाग्री नियमन नीति २०७० ले जारी गरेको नीतिमा ‘काठमाडौं महानगर क्षेत्रका सार्वजनिक स्थानमा अनाधिकृत ढंगले राखिएका सम्पूर्ण व्यावसायीक होर्डिङ बोर्ड तथा प्रचार सामाग्री राख्न पूर्ण रूपमा निषेध गरिएको छ।

महानगरले नियन्त्रणमा लिइएका फलामयुक्त फ्रेमहरू लिलाम प्रक्रियाबाट बिक्री गर्दा गत आर्थिक वर्षमा पाँच लाख सात हजार रुपैयाँको राजश्व संकलन गरेको थियो। चालू अर्थिक वर्षमा भने लिलाम प्रक्रियाबाट ८६ हजार पाँच सय रुपैयाँ मात्र राजश्व संकलन भएको छ। गत आर्थिक वर्षमा पोस्टर, पम्प्लेट र ब्यानरबाट पाँच लाख ७ हजार पाँच सय रुपैयाँ राजश्व उठाइएको थियो।

यस्तै, होडिङ बोर्ड हटाएसँगै महानगरले अब डिजिटल बोर्ड राख्ने योजना बनाएको छ। डिजिटल बोर्ड राख्दा सहर उज्यालो देखिने भन्दै योजना अघि सारिएको नगर प्रहरी प्रमुख धनपति सापकोटाले बताए।

प्रकाशित: २५ पुस २०७६ १२:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App