१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

बढुवा हुन दुर्गममा सरुवा

रोल्पा– रोल्पा जिल्ला निजामति कर्मचारीहरुका लागि बढुवा हुने र दुर्गम नम्बर ल्याउने थलोका रुपमा विकास हुन थालेको छ।

आन्तरिक बढुवा खुल्नु भन्दा केहि दिन अगाडि सरुवा मिलाएर हाजिर हुन आउने र बढुवा भएको केहि महिना मै सुगम जिल्ला जाने चलन निरन्तर चलिरहेको छ। अर्को तिर कर्मचारीका लागि दुर्गम बसे बापत ४ नम्बर आउने भएका कारण रोल्पा सरुवा गराउने अनि काज मै सुगम तिर बसेर नम्बर पुर्‍याएर उतै सरुवा मिलाउने गर्दछन।

बढुवा विज्ञापन हुनु भन्दा भन्दा केहि दिन अगाडि पावर र पैसाको चलखेल गर्दै फुटकर सरुवा गराएर विभिन्न मन्त्रालयबाट कर्मचारीहरु जिल्ला भित्रिन थाले पछि रोल्पा मै बसेर बर्षौ काम गरेका कर्मचारीहरु निरास बनेका हुन। ‘हामी बर्षौ दुर्गममा बसेर काम गर्ने तर बढुवाको पालो आउँदा सुगमबाट सरुवा गराएर ल्याईन्छ’ एक कर्मचारी भन्छन् ‘मन्त्रालयले बढुवा खुल्नु भन्दा केहि दिन अगाडि फुटकर सरुवा गर्ने चलन बढेको छ।’

हरेक बर्ष पौष महिनाको अन्तिम बुधबार आन्तरिक बढुवाको विज्ञापन हुने गर्दछ। यस पटक पनि चौथो (खरिदार) तहमा लामो समय काम गरेकाहरुलाई पाचौ (नायब सुब्वा) मा बढुवाको लागि विज्ञापन हुँदैछ। यहि विज्ञापनमा बढुवा हुन यहाँ आउनेहरु बढुवा भएको केहि महिनामै काज वा सरुवा गराएर सुगम तिर जाने गर्दछन। यसरी आउनेहरु दुई चार महिना भन्दा बढि जिल्लामा बस्दैनन्।

यता सामान्य प्रशासन मन्त्रालयले भने खासै चासो दिएको देखिदैन। ‘नियम अनुसार नै गरिएको होला, त्यसो गरिए जस्तो लाग्दैन’ टेलीफोन सम्पर्कमा छोटो प्रतिकृया दिंदै सामान्य प्रशासन मन्त्रालयका सुचना अधिकारी जिबलाल भुसालले भने ‘रिक्त स्थानमा नियम संगत नै सरुवा भएको होला।’ 

प्रकाशित: १४ पुस २०७६ १०:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App