२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

गोरखामा रक्तसंञ्चार केन्द्र संचालन हुने

गोरखा– गोरखा सदरमुकाममा रक्तसंचार केन्द्र (ब्लड बैंक) संचालनका लागि नेपाल रेडक्रस सोसाईटि जिल्ला शाखा गोरखाले ११ लाख ५० हजार रुपैयाँ जुटाएको छ।

गोरखा नगरपालिका दुई लाख, शहीद लखन गाउँपालिका दुई लाख, चुमनुब्री गाउँपालिका दुई लाख, आरुघाट दुई लाख, सिरानचोक एक लाख ५० हजार, भिमसेन गाउँपालिका एक र धार्चे गाउँपालिकाले एक लाख सहयोग गरेको रेडक्रस गोरखाका सुवास घिमिरेले बताए। ‘यो रकम सबै रक्त संचार केन्द्रको अक्षयकोषका लागि हो’, उनले भने।

जिल्लामै पहिलो ब्लड बैंक संचालन गर्न लागेपछि यहाँका स्थानीय तहहरुले धमाधम आर्थिक सहयोग गरेका हुन्। रगतको अभावमा शल्यक्रिया हुन नसक्ने हुँदा गोरखा अस्पतालमै सर्वसाधारणले सेवा पाउन भन्ने उद्देश्यले सहयोग गरेको स्थानीय तहका प्रमुखहरु बताउँछन्।

‘अन्य स्थानीय तहका प्रमुखहरुले पनि ब्लड बैंकका लागि आर्थिक सहयोग गर्ने आश्वासन दिनुभएको छ’ रेडक्रस गोरखा शाखा सभापति भगवानबाबु मास्कले भने।

रेडक्रस गोरखाले २०५६ सालदेखि आकस्मिक रक्तदान सेवा सुरु गरेपनि ब्लड बैंक भने गोरखामा संचालन हुन सकेको थिएन। बेल्जिएम रेडक्रसको सहयोगमा भुकम्प पुर्नलाभ कार्यक्रम अन्र्तगत अहिले ब्लड बैंक संचालनको तयारी गरिएको हो।

प्रकाशित: १० पुस २०७६ ०९:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App