१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

तीन हजार ५८ थान नक्कली बेरिङ बरामद

वीरगन्ज- वीरगन्जमा प्रहरीले एउटा पसलबाट भारी परिमाणमा नक्कली बेरिङ बरामद गरेको छ। वीरगन्ज महानगरपालिका वडा नं.८ घण्टाघरस्थित ‘श्रीश्याम मेसिनरी टुल्स’ भन्ने पसलबाट प्रहरीले विभिन्न नम्बरका साइजमा (सानो ठूलो गरी) जम्म तीन हजार ५८ थान बेरिङ बरामद गरेको हो।

प्रहरीकाअनुसार भारतीय बेरिङ निर्माता एसकेएफ कम्पनीको बेरिङ भनी सोही ब्राण्ड प्रयोग गरेर नक्कली बेरिङ उक्त पसलले बिक्री वितरण गरिरहेको प्राप्त सूचनाको अधारमा सोमबार साँझ जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उक्त पसलको खानतलासी गरेको थियो।

खानतलासीमा उक्त परिणाममा र करिब २७ लाख रुपैयाँ मूल्य बराबरको नक्कली बेरिङ बरामद गरिएको प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर शाहीले बताए। पसलका संचालक वीरगंज २ छप्कैया बस्ने छबिकान्त सरावगीलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।

यसअघि आइतबार प्रहरीले वीरगंज १५ लक्ष्मणवा ब्रह्म चोकनजिक संचालन गरिएको सद्धिबिनायक पूजा सामाग्री प्रोडक्टस उधोगमा नक्कली घ्यु बनाउदै गरेको फेला परेपछि त्यसका संचालक अनिल श्रेष्ठलाई पक्राउ गरेको थियो।

 

प्रकाशित: ८ पुस २०७६ १३:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App