१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

इन्जिनियरिङ परिषद् परीक्षा पास भए मात्र व्यवसाय गर्न पाउने

काठमाडौं – इन्जिनियरिङ व्यवसाय गर्नका लागि अब इन्जिनियरिङ् परिषद्ले लिने परीक्षा पास गर्नुपर्ने भएको छ। नेपाल इन्जिनियरिङ् परिषद् ऐन २०५५ लाई संशोधन गर्न बनेको विधेयकले परिषद्ले लिने परीक्षा उत्तीर्ण गर्नुपर्ने प्रावधान राखेको हो।

राष्ट्रियसभाको विधायन समितिले विधेयक माथि मंगलबार छलफल गरेको थियो। इन्जिनियरिङ व्यवसायलाई प्रभावकारी व्यवस्थित र वैज्ञानिक ढंगले परिचालन गर्नका लागि र इन्जिनियरिङको योग्यता अनुसारको नाम दर्ता गर्नका लागि नेपाल इन्जिनियरिङ परिषद् स्थापना गरिने भएको छ।

परिषद्मा सात प्रदेशका प्रतितिनिधि राखिने छ। परिषद्मा वरिष्ठ इन्जिनियर रहने छन्। परिषद् कार्यालय काठमाडौंमा रहने भएको छ। परिषद्लाई समावेशी बनाइने सहमति भएको छ।। परिषद्मा इन्जिनियरिङ व्यवसायीको रूपमा नाम दर्ता गर्ने प्रयोजनका लागि परीक्षा सञ्चालन गर्नका लागि परीक्षा समिति रहनेछ। परिषद्ले तोकेको सदस्य संयोजक, परिषद्ले तोकेको परिषद्को तीनजना अन्य सदस्य, रजिष्ट्रार सदस्य सचिव रहने व्यवस्था छ। इन्जिनियरको आचार संहिता लागू गर्ने, प्रमाण पत्र रद्द गर्ने अधिकार पनि परिषद्लाई दिइएको छ।

इन्जिनियरिङ् व्यवसाय गर्नको लागि आवश्यक योग्यता निर्धारण गर्ने र योग्यता पुगेका इन्जिनियरको परीक्षा लिई उत्तिर्ण भएका व्यक्तिलाई नाम दर्ता प्रमाणपत्र प्रदान गर्ने व्यवस्था गरिएको छ। इन्जिनियरिङ् विषयमा अध्यापन गराउने शिक्षण संस्थाले पाठ्यक्रम, विद्यार्थी भर्नाको अधार, शिक्षण संस्थाको भौतिक पूर्वाधार तथा शैक्षिक मापदण्ड तोकी सो को अनुगमन तथा मुल्यांकन गर्नेका काम परिषद्को हुनेछ।

नेपाल इन्जिनियरिङ परिषद्मा नाम दर्ता नगराइ कुनै पनि व्यक्तिले इन्जिनियरिङ व्यवसाय गर्न नहुने व्यवस्था गरिएको छ। इन्जिनियरको नाम दर्ता गर्दा इन्जिनियरको वर्गीकरण गर्ने व्यवस्था गरिएको छ। मान्यता प्राप्त गरेको शिक्षण संस्थाले मापदण्ड कायम नगरेको पाइएमा परिषद्ले दिएको मान्यता रद्द गर्नको लागि नेपाल सरकार समक्ष सिफारिस गर्न सक्ने व्यवस्था राखिएको छ।

प्रकाशित: २ पुस २०७६ ०१:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App