१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

बोलेरो जीप दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भीर

खोटाङ– बोलेरो जीप दुर्घटना हुँदा खोटाङमा एक जनाको मृत्यु भएको छ। रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीमा शनिबार दिउँसो ना १ ज ३७४७ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा जीपका मालिक सोहीस्थानका ४० वर्षीय रमेश अधिकारीको मृत्यु भएको हो।

वर्षा भएका कारण सडक बिग्रेका कारण दिक्तेल जान नसकेपछि डुम्रेधारापानीबाट धान लिनका लागि डुम्रेधारापानीकै कटहरेबेँसीतर्फ जानेक्रममा रमितेभीरमा जीप पल्टिएको स्थानीय शिक्षक बुद्धीनाथ कोईरालाले बताए। जीप करिब ८/९ सय मिटर तल खस्दा अधिकारीको घटनास्थलमै ज्यान गएको हो।

दुर्घटनामा जीप चालक सल्यान शारदा नगरपालिका–४ शारदाकका २६ वर्षीय रामबहादुर कुवर गम्भीर घाइते भएका छन्। कुवरको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। उनलाई हेलीकोप्टर चार्टर गरेर काठमाडौं लैजाने प्रयास भएपनि मौसमका कारण हेलीकोप्टर आउन नसकेको शिक्षक कोईरालाले बताए।

जीप दुर्घटनाको कारण खुल्न सकेको छैन। यद्यपी, सामान्य बर्षाका कारण चिप्लएको अनुमान गरिएको छ।
 

प्रकाशित: २८ मंसिर २०७६ १२:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App