काठमाडौं - 'युथ फर सोसियल चेन्ज' नामक 'फेसबुक समूह'ले अपागंता भएका व्यक्तिहरूलाई खाद्यान्न सामाग्री वितरण गरेको छ। स्थापनाको दोस्रो वर्ष पुगेको अवसरमा समूहले बिहीबार समानता आवास गृह आश्रममा खाद्यान्न सामाग्री हस्तान्तरण गरेको हो।
'सामाजिक रूपान्तरणका लागि युवा' भन्ने नाराका साथ स्थापना भएको समूह स्थापनाकाल देखिनै सामाजिक कार्यमा क्रियाशिल रहेको समूहका संयोजक श्रृजना विष्टले बताइन्। आगामी दिनमा पनि समूह निरन्तर सामाजिक कार्यमा क्रियाशिल रहने उनले बताइन्।
प्रकाशित: २६ मंसिर २०७६ ०५:२३ बिहीबार