५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

फरार प्रतिवादी तीन वर्षपछि पक्राउ

सिन्धुपाल्चोक – विदेशी मुद्रा विनियम मुद्दामा अदालतबाट कैद र पौने दुई करोड रुपैयाँ जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ परेका छन्। मुद्दाका प्रतिवादी भोटेकोसी गाउँपालिका–२ का ३५ वर्षीय गोम्दे तामाङलाई सिन्धुपाल्चोक प्रहरीले पक्राउ गरेको हो।

घरमै लुकीछिपी बसेको अवस्थामा सोमबार पक्राउ परेका उनलाई मंगलबार सिन्धुपाल्चोक जिल्ला अदालत उपस्थित बनाएर जरिवाना असुल गरी बाँकी कैद भुक्तानीका लागि कारागार चलान गरिएको प्रहरीले जानकारी दिएको छ। फरार प्रतिवादी पक्राउ गर्ने अभियानअन्तर्गत विशेष सूचनाका आधारमा फैसला भएको तीन वर्षपछि फरार रहेका तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरीका सूचना अधिकारी डिएसपी माधवप्रसाद काफ्लेले बताए।

विदेशी मुद्रा विनियम मुद्दामा अदालतले तामाङलाई एक महिना कैद सजाय र एक करोड ८६ लाख १४ हजार नौ सय ८९ रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। फैसलापछि उनी फरार रहँदै आएका थिए। जरिवाना रकम तिर्न नसके उनी थप १० वर्ष कैद बस्नुपर्ने अदालतले जनाएको थियो। जिल्ला अदालतले २०७३ वैशाख २२ गते तामाङविरुद्ध कैद र जरिवानाको फैसला सुनाएको थियो।

प्रकाशित: २५ मंसिर २०७६ ०२:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App