५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

दुर्गममा सोलार वितरण

ओखलढुंगा – खिजिदेम्बा गाउँपालिले वडा नम्बर ९ को बम्दक दुर्गम गाउँका १० घरपरिवारलाई सोलार सेट वितरण गरेको छ। गाउँपालिकाले प्रतिपरिवार ५५ वाट क्षमताका सोलार सेट वितरण गरेको हो। स्थानीयको मागअनुसार सोलार वितरण गरिएको गाउँपालिका अध्यक्ष वेदबहादुर रोकाले जानकारी दिए।

करिब ३ लाख रुपौयाँको लागतमा सोलार सेट खरिद गरिएको अध्यक्ष रोकाको भनाइ छ। शेर्पा समुदायका १० घरपरिवारमा करिब ५५ जना छन्। जंगलबीच र एकान्तमा रहेका बम्दकवासीले दुर्गम भएकाले खाद्यान्नलागायत अत्यावश्यक सामान एकैपटक जोहो गर्ने गरेको वडाध्यक्ष आङपसी शेर्पाले जानकारी दिइन्। यसअघि स्थानीय पर्यटन व्यवसायी पेम्बा शेर्पाले एक विदेशी संस्थाको सहयोगमा खानेपानीको व्यवस्था गरिदिएका थिए।

प्रकाशित: २० मंसिर २०७६ ०२:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App