१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

निकोसेरा सडकको अस्थायी मर्मत सुरु

भक्तपुर – मध्यपुर थिमि–९ मा स्थित निकोसेरा सडकखण्डको अस्थायी मर्मत सुरु गरिएको छ। स्थानीयले सडक मर्मतको माग राखी विरोध गरेपछि मध्यपुर थिमी नगरपालिकाले सडकको अस्थायी मर्मत सुरु गरिएको हो। नगरपालिकाले डोजर र रोलरबाट सडकका खाल्डाखुल्डी पुरेको छ। यस्तै, सडकको दुवै क्षेत्रमा ढल निकास खोल्न थालिएको छ।

आन्दोलनका अगुवा स्थानीय राजु कैटीले बिहीबार ग्राभेल हालेर सडकका खाल्डाखुल्डी पुरिएको जानकारी दिए।
सडकखण्डअन्तर्गत निकोसेराको अजिमा आयल स्टोरदेखि दुई सय ५० मिटर पूर्व पुरानो लोगो गार्मेन्टसम्मको सडक बिग्रेको छ।

दुई वर्षदेखि सडक मर्मत नभएको भन्दै स्थानीयले मंगलबार सवारी आवागमनमा रोक लगाएका थिए। उक्त सडक भक्तपुरको सल्लाघारीबाट काठमाडौं पुग्ने अरनिको राजमार्गको मुख्य वैकल्पिक मार्ग हो।

प्रकाशित: १९ मंसिर २०७६ ०५:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App