६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

सैनिक मुख्यालयलाई मयूर झ्याल

भक्तपुर – भक्तपुरको सल्लाघारीस्थित लोपोन्मुख रानीपोखरी जीर्णाेद्धारमा सेनाबाट भएको सहयोगको सम्मान गर्दै सैनिक मुख्यालयलाई प्रसिद्ध मयूर झ्याल प्रदान गरिएको छ। भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बुधबार एक कार्यक्रमबीच प्रधान सेनापति पूर्णचन्द्र थापालाई उपहारस्वरूप उक्त झ्याल प्रदान गरेका हुन्।

ऐतिहासिक एवं पुरातात्विक महत्व बोकेको उक्त रानीपोखरी भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित सैनिक महाविद्यालय प्रांगणभित्र रहेको छ। जीर्णोद्धारमा नेपाली सेनाबाट भएको सहयोग र समन्वयप्रति आभार प्रकट गर्दै सम्झनाको चिनो मयूर झ्याल उपहार प्रदान गरिएको जनाइएको छ। भद्रकालीस्थित नेपाली सेनाको मुख्यालयमा नेपाली सेनाले आयोजना गरेको मायाको चिनो आदानप्रदान कार्यक्रममा झ्याल प्रदान गरिएको नगरपालिकाले जनाएको छ।

कार्यक्रममा प्रधानसेनापति थापाले भक्तपुरको मौलिक, सांस्कृतिक, ऐतिहासिक सम्पदा जगेर्ना गर्न नेपाली सेना स्थानीयसँग सहकार्य गर्न सधैं तयार रहेको बताए।

प्रकाशित: १९ मंसिर २०७६ ०४:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App