१७ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

बागलुङमा जीप दुर्घटना, १४ को मृत्यु

बागलुङ - जिल्लाको बडिगाड खोलामा मंगलबार बिहान जीप दुर्घटना हुँदा १४ जनाको घटनास्थलमा नै मृत्यु भएको छ। एक जनालाई खोलाले बगाएर बेपत्ता भएका छन् भने तीन जना गमभीर घाइते भएका हुन्।

घटनास्थलमा १४ जनाको शव रहेको भिमगिठे उच्च माविका प्राचार्य सागर खरेलले बताए। घटनास्थलमा रहेका प्राचार्य खरेलका अनुसार एक जनालाई खोलाले बगाएको र तीन जनालाई उपचारका लागि बुर्तिवाङ अस्पतालमा लगिएको छ।

गुल्मीको इस्मा गाउँपालिका पैयुँपाटाबाट कुलपुजाका लागि बागलुङको निसिखोला आउँदै गरेको ग १ ज ५२१९ नम्बरको जीप बडिगाडमा खसेको प्रहरीले जनाएको छ। जिप बडिगाड गाउँपालिकाको कोप्चे भन्ने स्थानमा खोलामा खसेको हो।

प्रकाशित: १७ मंसिर २०७६ ०५:४६ मंगलबार

दुर्घटना जीप