५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

इलाका प्रहरी कार्यालयबाट ८ थुनुवा फरार, सीमा सिल गरेर खोजी

लहान- सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिकास्थित ईलाका प्रहरी कार्यालयको हिरासतमा रहेका ८ जना पुरूष थुनुवा फरार भएका छन्। हिरासतबाट खाना खान जानेबेला पछाडिको ढोकाबाट थुनुवाहरू फरार भएका हुन्।

आज कल्याणपुर गाउँपालिकामा उपनिर्वाचन भएको मौका छोपेर थुनुवा फरार भएको छ । फरार मध्ये एक जना थुनुवालाई प्रहरीले खोजीको क्रममा पक्राउ गरेको छ। सीमा सिल गरेर बाकी कैदीको खोजी भैरहेको छ। उप निर्वाचनको मतगणनाको सुरक्षा ब्यवस्थापन मिलाउन कल्याणपुरमा रहेका सिरहा प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदी आफै फरारको खोजीमा खटिएका छन्। जिल्ला भरिका प्रहरीलाई खोजि कार्यमा परिचालन गरिएको छ ।

घटनाको कारण खुलाइएको छैन। ईलाका प्रहरी कार्यालय लक्ष्मीपुरपतारीमा इन्सपेक्टरको कमान्डमा प्रहरीकर्मी तयनाथ थिए।

 

प्रकाशित: १४ मंसिर २०७६ १५:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App