६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

अपांगता परिचयपत्र दिन शिविर

खोटाङ – खोटेहाङ गाउँपालिकाले अपांगता परिचयपत्र वितरणका बुधबारदेखि वडावडामा शिविर सुरु गरेको हो। खोटेहाङ गाउँपालिका–२ वाप्लुखाबाट सुरु गरिएको अपांगताको परिचयपत्र वितरण शिविर शुक्रबार खोटेहाङ गाउँपालिका–९ लिच्किराम्चे पुगेर टुंगिने गाउँपालिका अध्यक्ष प्रदीप राईले बताए।

गाउँपालिकाले अपांगता भएका व्यक्तिको परिचयपत्र वितरण कार्यविधि २०७५ अनुसार गाउँगाउँ पुगेर शिविर सञ्चालन गरेको हो। गाउँपालिका उपाध्यक्ष कविता राई संयोजकत्वको अपांगता परिचयपत्र वितरण समन्वय समितिले डा. सन्तोषकुमार शाहको सहयोगमा अपांगताको शारीरिक चेकजाँच गर्दैै परिचयपत्रका लागि आवेदन संकलन गरिरहेको छ।

प्राप्त निवेदनका आधारमा सो समितिले निर्णय गरेर विभिन्न वर्गका अपांगलाई घरैमा परिचयपत्र वितरण गर्ने गाउँपालिका अध्यक्ष राईले बताए। सुरुको दिन वाप्लुखा र खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरीमा शिविर सञ्चालन गरेको गाउँपालिकाले बिहीबार वडा नम्बर ३ सावाकटहरे, ४ बड्कादियाले र ७ खोटाङबजारमा शिविर सञ्चालन गरिरहेको छ। शुक्रबार खोटेहाङ गाउँपालिका–५ को चिप्रिङ, ६ को इन्द्रेणीपोखरी, ८ को सिमपानी र लिच्कीराम्चेमा शिविर सञ्चालन हुने गाउँपालिकाले जनाएको छ।

प्रकाशित: ६ मंसिर २०७६ ०३:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App