तम्घास- गुल्मीमा एक युवती चार दिनदेखि सम्पर्कविहीन भएकी छन्। जिल्लाको इस्मा गाउँपालिका–५ रजस्थल जाउनडाँडा बस्ने १७ वर्षीया पूजा अर्याल सम्पर्कविहीन भएकी हुन्। मङ्सिर १ गते आइतबार बिहान घरबाट हिँडेकी उनी सोही दिन साँझबाट नै सम्पर्कविहीन भएको परिवारले जनाएको छ।
छोरी सम्पर्कविहीन भएपछि बुबा नारायण अर्यालले २ गते सोमबार इस्मा प्रहरीचौकी, इस्मामा उजुरी पनि दिएका छन् तर अहिलेसम्म कतैबाट पनि भेटिएको जानकारी आएको छैन।
पूजाले इस्मा गाउँपालिका–४ दोहोलीस्थित रामराज्य माध्यमिक विद्यालयमा कक्षा १२ मा पढ्दै आएकी थिइन्। छोरी सम्पर्कविहीन भएपछि खोजी गरिदिन परिवारले सबैमा आग्रह गरेको छ।
पूजालाई कसैले देखेमा वा भेटाएमा नजिकैको प्रहरीचौकीमा सम्पर्क गरी सहयोग गरिदिन सबैमा आग्रह गरेको छ।
प्रकाशित: ४ मंसिर २०७६ ०९:०५ बुधबार