१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
समाज

शीतलहरबाट प्रभावित नहुने गरि पूर्वतयारी थाल्न गृहमन्त्रीको निर्देशन

फाइल फाेटाे

काठमाडौं- गहृमन्त्री रामबहादुर थापा बादलले चिसो तथा शीतलहरबाट जनता प्रभावित नहुने गरि पूर्वतयारी थाल्न मातहतका निकायलाई निर्देशन दिएका छन्। मंगलबार गृहमन्त्रालयमा विपद जोखिम न्यूनिकरण तथा ब्यबस्थापन कार्यकारी समितिको बैठमा मन्त्री थापाले विपदको समयमा सक्रिय हुने सबै निकायलाई पूर्वतयारीको लागि निर्देशन दिएका हुन्।

बैठकमा मन्त्री थापाले जिल्ला विपद् व्यवस्थापन समिति तथा स्थानीय विपद् व्यवस्थापन समितिहरुले शीतलहरको प्रभावबाट सुरक्ष्ाित राख्ने उपायहरुको सम्बन्धमा विपद् व्यवस्थापन सम्बन्धी कार्य गर्ने सबै सरकारी तथा गैरसरकारी संघसंस्थाहरु समेतलाई आमन्त्रण गरी पूर्वतयारी र पूर्व प्रवन्ध गर्न निर्देशन दिएका छन्।

विपद् व्यवस्थापनको क्षेत्रमा सम्वन्धित जिल्लामा रहेका गैर सरकारी संघसंस्थाहरुलाई समेत हिमपात, चिसो तथा शीतलहर सम्बन्धी पूर्वतयारीमा सहभागी गराउने गरि समन्वय गर्न जिल्ला प्रशासन कार्यालयलाई पनि निर्देशन दिइएको छ।

चिसो हिमपात तथा शितलहरका कारण २०७४ सालमा ४८ जनाको मृत्यु भएको थियो। गत वर्ष सरकारले चिसो हिमपात तथा शितलहरबाट प्रभावित हुन सक्ने जनतालाई इन्धन, दाउरा, कम्वल बाडेको थियो साथै कसैको मृत्यु भएको थिएन। कार्यकारी समितिको बैठकले सम्बन्धित गाउँपालिका र नगरपालिका अन्तर्गत हिमपात, चिसो तथा शीतलहरबाट प्रभावित हुन सक्ने क्षेत्र र गाउँरटोलका गरीब तथा विपन्न परिवारहरुको पहिचान गरी कार्यक्रम बनाउन आग्रह पनि गरेको छ।

प्रकाशित: ३ मंसिर २०७६ १३:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App