४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

हेलिकप्टरद्धारा उद्धार गरी सुर्खेत लगिएकी गर्भवती महिलाको मृत्यु

डोल्पा- सुत्केरी हुन नसकेपछि डोल्पा जगदुल्ला गाउँपालिका १ हुरीकोटकी २८ वर्षिया जमानदेवि रोकायको मृत्यु भएको छ।

प्रसूति ब्यथाले थलिएकी रोकायालाई नेपाली सेनाको हेलिकप्टेरबाट शनिबार अपरान्ह्र उद्धार गरी सुर्खेत लगिएको थियो। स्वास्थ्य चौकी भएपनि आवश्यक औषधी र स्वास्थ्यकर्मी नभएकाले प्रसूति गराउन समस्या भएपछि गाउँकै मासिकाहरुको सल्लाहमा महिला तथा बालबालिका मन्त्रालय मार्फत राष्ट्रपति उद्धार कोष अन्तरगत उनको उद्धार गरि सुर्खेत लगिएको भएपनि ढिला भएकाले सुर्खेत पुगे लगत्तै मृत्यु भएको उनका पति बुद्धि रोकायले बताए।

शुक्रबार मात्र सुत्केरी हुन नसकेकी शे फोक्सुण्डो गाउँपालिका ८ रिग्मो गाउँकी २१ वर्षीया छिरिङपुटी लामाको पनि नेपाली सेनाको हेलिकप्टेरमार्फत उद्धार गरि काठमाडौं लगिएको थियो।

 

प्रकाशित: ३० कार्तिक २०७६ १०:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App