७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

संगितमा रमाउदै, बुढेसकाल कटाउँदै

जेष्ठ नागरिक संघमा रमाउदै जूम्लाका ज्येष्ठ नागरिहरु: धनबहादुर/नागरिक

जुम्ला -

‘जय चन्दननाथ, जय भैरवनाथ
बुढाबुढी हामी बस्यौँ, सञ्चारकर्मी माझ।’
बिहीवार मध्यान्ह तिर यो गीत जुम्ला चन्दननाथ नगरपालिका ५ स्थित जेष्ठ नागरिक संघको कार्यालयमा गुञ्जिइरहेको थियो। भजन शैलीमा गाइएको गीतमा यहाँका बुढ्सकालका अनुहार रमाइरहेका थिए। उनीहरु आफै गाउँथे, आफै रमाउथे, आफै बाजा बझाउथेँ। एक आपसमा मनोरञ्जनका साथ सुखदुख साटिरहेका थिए।

यसैबीच गुठिचौर गाउँपालिका ५ का ७० वर्षिय मीनबहादुर महत प्रत्येक दिन चन्दननाथ नगरपालिका ५ स्थित जेष्ठ नागरिक संघको कार्यालयमा टुपलुक्क आइपुगे। उनी पनि ताली बजाउदै स्वरमा स्वर मिलाउन थाले। गाउँमा अलपत्र परिरहेका जेष्ठ नागरिक यहाँ आउदा निकै रमाइलो अनुभूति गरिरहेका थिए। मीनबहादुरले भने,संगित हाम्रो जीवन हो, संगित मनोरञ्जनको साथी पनि। यहाँका आउदा घर भित्र वा बाहिर भोगे देखेका सबै दुख बिर्षन्छौँ। यो एक दुख बिसाउने साझा चौतारी नै बनेको छ। ’

गुठिचौरकै ७० नाघेका मणिकृष्ण न्यौपाने खैजडी बजाउदै थिए। उनी भन्दै थिए,‘दुई दिने चोला, जेहोला, होला रमाइलो गर्ने यहि बेला हो। अन्य दौतरीलाइ हौस्याउँदै संगित संग एकाकार भएर लाग्नको लागि सुझाउदै थिए।  जुम्लास्थित जेष्ठ नागरिक संघको कार्यालयमा दिवा सेवा सञ्चालनमा आएदेखि यहाँ सबैजसो दिनमा बुढेसकालको अनुहार भेला हुने गरेका छन्। एक आपसका सुख दुख साट्ने, जीवनका भोगाइ आदान प्रदान गर्ने र वर्तमान राजनैतिक अवस्थाका बारेमा पनि चियो चर्चो गरिरहेका भेटिन्छन्। उनीहरुको हातहातमा पत्रिका भेटिएको थियो। साक्षर जेष्ठ नागरिकले निरक्षर नागरिकलाइ आफुले पढेका सामाग्री सिलसिलेवार बताउँने गर्छन्। यो पटक उनीहरु नेपालको सिमाना भारतले मिचेको बारेमा गन्थन गदैछन्।

जेष्ठ नागरिक संघ जुम्लाका अध्यक्ष तिर्थराज भारती भन्छन्,‘यहाँ कला संस्कृति, आर्थिक, सामाजिक र राजनैतिक बिषयमा पनि छलफल हुन्छ। बुढेसकालको अनुभव सुन्न पछिल्लो पुस्ता पनि आउँछन्। रमाउछन् जान्छन्। ’ मणिकृष्णले सन्दर्भ उकास्दै भने,‘१९५० को सुगौली सन्धीमा पूर्वमा टिष्टा र पश्चिममा काँकडासम्म नेपाल फैलिएको भेन्टिन्छ। भारतीय मिचाइ प्रवृत्ति र नेपालका नेताको अकर्मण्यताले नेपालको अस्तित्व संकटमा पर्दैछ। नेपाली नेताले न्याय निसाफ लिन सकेनन्,। भारतको नक्सा नेपाली भूमिको मिचाइ गैरकानुनी छ। भाषणमा मात्र सार्वभौमसत्ता सम्पन्न देश नेपाल भनेर पुग्दैन्,कार्यन्वयनमा ल्याउन जरुरी छ। ’

उनले उठान गरेको बिषयमा सबै जेष्ठ नागरिक गम्भीर बने। एकैसाथ भने,‘भारतले सहयोग गर्र्ने नाममा भूमि मिच्दैछ। जसका कारण सिमाना खुम्चिदै गइरहेको छ। यो नेपाल र नेपालीका लागि सैह्य हुनेछैन्। ’ राष्ट्यिताको रक्षाका लागि चुनावमा म्याण्डेट दिएर जनप्रतिनिधि पठाइसकेका छौँ। उनीहरुले अनाज खानु पर्यो। हरेक क्षेत्रमा पक्षपात, ब्रह्मलुट भइरहेको छ। यो विषयमा खरो बन्दीनु पर्यो। यसैमा छ, देशको भविष्य र समृद्धि, चन्दननाथ २ का ८० बर्षिया मनसुर भण्डारीले आक्रोश पोखे। ’ उनी पेशाले भुतपूर्व नेपाली सेना हुन्। उनले सिमाना देखेका छन्।

तर आफु बस्न नपाएको बताउँछन्। राष्ट् सञ्चालकको लापरवाहीले भारतले नेपालमाथि दमन गरिरहेको आरोप छ उनको। नेपाली भनेर कसैले हेप्न मिल्दैन्, हडपेको जमिन तत्काल फिर्ता ल्याउनुपर्छ, यो हामी जुम्लाका सेतै फुलेकाको आग्रह हो, उनले भने।

जेष्ठ नागरिक संघले कर्णाली प्रदेश सरकारको सहयोगमा थालेको दिवा सेवाले बुढ्सकालमा तन्नेरी जोश पैदा गरिरहेको छ। साउन १ गतेदेखि दिवा सेवा सञ्चालनमा आएको हो। दैनिक २० देखि ६० जनासम्म जेष्ठ नागरिक भेला भएर हरेक बिषयमा गन्थन गर्ने चौतारी झै भइरहेको छ। उनीहरुले टिभी भेर्छन्। त्यो दिन हास्यटेली श्रृंखलॉगोलमाल’ हेर्दै थिए। गोलमाल भित्र अहिलेको गोलमाल मिसिएकोले हेर्न निकै राम्रो लाग्ने गरेको उनीहरु बताउँछन्।

हार्मोनियम,तबला, खैजडी, मादल सबै प्रकारका बाजा छन्। कहिले देउडा, दोहारी, कहिले साहित्य संगित क्षेत्रको छलफल छ, कहिले समसामयिक बिषयमा छलफल हुनेगर्छ। बुढाबुढी होटल, बजारमा अलपत्र भेटिन्छन। एकिकृत गरेर मनोरञ्जनका माध्मबाट पिडा पोख्न पाउँछन्। यहाँ बैरागीलाइ शान्ति मिल्छ, अध्यक्ष भारतीले भने,‘सम्मानजनक अवस्थामा प्रक्रियाबद्ध बसेर अन्तरपुस्तामा सिप हस्तान्तरण गर्न पाउँदा उत्साहित छौँ। दैनिक सुखमय बितोस भन्दै साहित्य, संगित र कलाबाट दुख बिर्षाउने प्रयत्न गर्दैछौँ। ’

यो दिवा सेवा परम्परागत साहित्य चिनाउने थलो बनेको छ। सम्मानपुर्वक बाच्न पाउने अधिकारको प्रत्याभूति गर्ने र सुखी जीवनका लागि प्राथना गर्ने मन्दिर जस्तो भइरहेको जेष्ठ नागरिक बताउँछन्। अहिले तीन तहको सरकारले जेष्ठनागरिकलाइ उपेक्षा गरिरहेको अनुभव सुनाउँछन्। जेष्ठ नागरिकको आवाज स्थानीय सरकारले सुन्दैनन्। झण्डै तीन घण्टा टाढाबाट हिडेर आउँछन्। उनीहरु सवारीमा सिट र सुविधा नपाएको,अस्पतालमा उपचार नपाएको जस्ता गुनासा सुनाउँछन्।

बिकास निर्माणमा भइरहेको ज्यादतिका बिषयमा जुम्लाका जेष्ठ नागरिक निकै चिन्तित छन्। गुठिचौर ३ का ८० बर्षिय लालसिंह बुढाले भने,‘ पहिले सिमित मान्छेले भ्रष्टचार गर्थे, अहिले असिमित। पहिले अनुशासन थिया जहातहि, अहिले विकृति फैलिएको छ। पहिले राज्यले रैति चिन्दथ्यो, अहिले राज्य छाडा छ, रैति अलपत्र छन्। ’ राणा,पञ्चायत देखिसकेका उनीहरु संघीयता गणतन्त्र झन जनतालाइ सास्ती दिन आइरहेको आभाष गर्छन्।

  कर्णालीको कला संस्कृति लोप हुन थालेको चिन्ता ब्यक्त गर्दै उनीहरु परम्परागत संस्कृतिमा चासो दिन पछिल्लो पुस्तालाई दवाव दिइरहेका छन्। अहिले आधुनिक संस्कृतिले परम्परागत संस्कृति हराउदै जान थालेकोले परम्परागत संस्कृति बचाउन स्थानीय स्तरमा गुरुयोजना निर्माण गर्नु पर्नेमा जोड दिएका छन्। 

प्रकाशित: ३० कार्तिक २०७६ ०४:२२ शनिबार

जेष्ठ_नागरिक संगित