४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

एम्बुलेन्समा मोटरसाईकल ठोकिँदा तीन गम्भिर घाइते

गोरखा- आँबुखैरेनी गोरखा सडक खण्ड अन्र्तगत गोरखा नगरपालिका ११ पन्ध्रकिलोमा बिहिबार साँझ एम्बुलेन्समा मोटरसाईकल ठोकिँदा चार जना घाइते भएका छन् भने तीनजनाको अवस्था गम्भिर रहेको छ।

आँबुखैरेनीबाट गोरखा तर्फ जाँदै गरेको ग १ च ९८८५ नम्बरको एम्बुलेन्समा गोरखाबाट बाह्रकिलो तर्फ जाँदै गरेको बा ७६ प ६९११ र बा ६७ प ८७९३ नम्बरको मोटरसाईकल ठक्कर खाँदा मोटरसाईकलमा सवार चार जना घाईते भएका हुन्।

गम्भिर घाईते हुनेमा पालुङटार नगरपालिका १ का इन्द्रकुमार श्रेष्ठ, राजकुमार श्रेष्ठ, राजेन्द्र श्रेष्ठ रहेका छन् भने अर्का घाइते शुसिल श्रेष्ठको अवस्था भने समान्य रहेको ट्राफिक प्रहरी टिका शर्माले बताए। टाउकोमा गम्भिर चोट लागेका घाइतेहरुको गोरखा अस्पतालमा समान्य उपचार लगत्तै चितवन रिफर गरिएको छ।  

मोटरसाईकल दु्रत गतीमा समानान्तर दिशामा गुडिरहँदा ठोक्किएको ट्राफिक प्रहरीले जनाएको छ। एम्बुलेन्स चालक प्रहरी नियन्त्रणमा छन्।

प्रकाशित: २८ कार्तिक २०७६ १३:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App