५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

रुप ज्योतीलाई रिहाई गर्न माग

काठमाडौं– हावर्ड विश्व विद्यालयमा अध्ययनरत विद्यार्थी तथा पूर्व विद्यार्थीहरुले नेपालका ख्याति प्राप्त व्यवसायी डा. रुप ज्योतीलाई तत्काल रिहाई गर्न माग गरेको छन्।

बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै उनीहरुले ज्योती र उनको परिवारको गिरफ्तारी न्यायोचित नभएको उल्लेख गरेका छन्। गत कार्तिक २१ गते सिङ्गापुरबाट फर्कने क्रममा ज्योती त्रिभूवन अन्तर्राष्ट्रिय एयरपोर्टबाटै पक्राउ परेका थिए।

‘डा. ज्योती अपराधिक काम गरेका हैनन्’, विद्यार्थीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ,‘दुईपक्षीय वार्तामार्फत समस्या समाधान हुने अवस्था हुँदाहुँदै फौजदारी अपराध जस्तो व्यवहार भएको छ।’ 

विद्यार्थीहरुले बहुबर्षीय र बहुपक्षीय समस्या भएपनि निसानामा एकपक्षीय रुपमा ज्योतीलाई बनाईएको आरोप लगाएका छन्। ज्योतीले सन् १९९९ मा अमेरिकामा रहेको हावर्ड विश्व विद्यालयबाट पिएचडी पूरा गरेका थिए।
 

प्रकाशित: २८ कार्तिक २०७६ ०८:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App