७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

नयाँ बसपार्कको आकाशे पुल भत्काइँदै

काठमाडौं – गोंगबुस्थित नयाँ बसपार्कको आकाशे पुल भत्काइने भएको छ। कलंकी–महाराजगन्ज सडक विस्तारका लागि पुल भत्काउन लागिएको काठमाडौं महानगरपालिका–२६ का वडाध्यक्ष खेम तिवारीले जानकारी दिए। उनका अनुसार सो सडक चिनियाँ कम्पनीले विस्तार गर्न लागेको हो। मंसिर पहिलो सातादेखि आकाशे पुल भत्काउन सुरु गर्ने भनिए पनि टुंगो नलागेको उनले बताए।

पहिलो चरणको चक्रपथ विस्तारको काम कोटेश्वरदेखि कलंकीसम्म सम्पन्न भइसकेको छ। चक्रपथमा सवारी जामको क्रम बढेसँगै सरकारले पछिल्लो समय चक्रपथ विस्तारलाई तीव्रता दिएको छ। दशैंतिहारको बिचमा चक्रपथछेउछाउका रूख काटिसकिएको छ।

प्रकाशित: २४ कार्तिक २०७६ ०२:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App