१९ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

अरिङगालले टोकेर बालकको ज्यान गयो

तेह्रथुम- अरिङगालले टोकेर लालिगुराँस नगरपालिका–९ सोल्मा बस्ने एक बालकको ज्यान गएको छ। शुक्रबार बिहान बारीमा खेल्ने क्रममा अरुङगालले टोकेर उपचार गर्ने क्रममा ३ बर्षिय मिक्सेन लिम्बुको जिल्ला अस्पतालमा ज्यान गएको हो। 

बारीमा खेल्न गएका बालकलाई बिच्किएको करिब ५०÷६० वटा बढी अरिङगालले टोकेर घाइते भएपछि उद्धार गर्ने क्रममा आमा चन्द्रकलालाई समेत अरिङगालले टोकेर घाइते बनाएको बुवा नेत्र बहादुर लिम्बुले बताए।

छोरा रुँदै चिच्याएपछि बारीमा हेर्न जाँदा अरिङगालको गोलो छोरो माथी खनिएको देखेर आमा आत्तिएपछि स्थानीयको सहयोगमा उद्धार गरि उपचारको लागि जिल्ला अस्पताल पुर्याएपछि उपचारको क्रममा बालकाको ज्यान भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नविन किशोर प्रधानले जानकारी दिए। उनका अनुसार मृतक बालकको जिल्ला अस्पतालमा पोष्टमार्टम गरि आफन्तलाई शव जिम्मा लगाइएको छ।

प्रकाशित: २२ कार्तिक २०७६ १४:०६ शुक्रबार

अरिङगाल बालक मृत्यु