१९ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

नारायणी नदीमा हामफालेर मृत्यु

चितवन– नारायणगढबजार नजिकै नारायणी पुलबाट नदीमा हामफालेर एक जनाको मृत्यु भएको छ।  

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक शालिग्राम शर्मा पौडेलका अनुसार बुधबार बिहान साढे नौ बजेको समयमा अन्दाजी ५५ वर्षीय एक पुरुषले नदीमा हाम फालेका थिए।

तत्काल उद्धार गरिएको उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको छ। मृतकको सनाखत हुन नसकेको उनले बताए। यसअघि गत शनिबार पौडिएर नारायणी पार गर्न खोज्दा चितवन मेडिकल कलेजमा एमबीबीएस पढ्दै गरेका सुवर्ण केसी बेपत्ता भएका छन्।

पछिल्लो एक हप्तामा मात्रै नारायणी नदिमा चार जनाले हाम फालेका छन्। जसमध्ये २ जना फेल परेका छन् भने बाँकी दुई जना मृत फेल परेका छन्।  

प्रकाशित: २१ कार्तिक २०७६ ०६:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App