७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

अर्घाखाँचीमा कार दुर्घटना, तीनको मृत्यु

फाइल तस्बिर

अर्घाखाँची – अर्घाखाँचीमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

सन्धिखर्कको गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डको नरपानीमा कार दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ।

बा १७ च ६९१७ नम्बरको कार दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ। दुर्घटनामा २ जना पुरुष १ जना महिलाको मृत्यु भएको र उनीहरुको पहिचान अहिले पहिचान हुन सकेको छैन।

घाइतेलाई उपचारका लाति प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक प्रकाश बिष्टले बताए। त्यस्तै  दुर्घटनामा परी अन्य २ जना घाइते भएका छन्। कार रुपन्देहीको सैनामैनाबाट सन्धिखर्क आउँदै थियो। घटनास्थलमा स्थानिय र प्रहरीले उद्धार गरिरहेका छन्।

प्रकाशित: २० कार्तिक २०७६ ०४:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App