४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

नेपाल–भारत मैत्री पोलिटेक्निक परियोजना उद्घाटन

काठमाडौं – हेटौंडामा निर्माण गर्न लागिएको नेपाल–भारत मैत्री पोलिटेक्निक परियोजनाको मंगलबार उद्घाटन गरिएको छ। परियोजनाको प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरेका हुन्।

भारत–नेपाल विकास साझेदारी कार्यक्रमअन्तर्गत व्यवसायिक तालिमका लागि अत्याधुनिक पूर्वाधार परियोजना भारतीय अनुदान सहयोगमा निर्माण भइरहेको छ। यसका लागि भारतले ३८ करोड ५३ लाख भारतीय रुपैयाँ सहयोग गर्नेछ।

मैत्री पोलिटेक्निकको ‘निर्माण कन्सल्ट्यान्ट प्रालि’ ले परियोजना व्यवस्थापन परामर्शदाताको रुपमा तथा ‘टेलिकम्युनिकेसन्स कन्सल्ट्यान्ट इन्डिया लिमिटेड’ ले परियोजना ठेकेदारका रूपमा निर्माण गरिरहेका छन्। ३२ एकडभन्दा बढी क्षेत्रफलमा निर्माण भइरहेको परियोजनाको कुल निर्माण क्षेत्रफल १९,२०० वर्ग मिटर रहने जनाइएको छ।

पोलिटेक्निकमा प्रशासनिक भवन, प्राज्ञिक भवन, सभाहल, पुस्तकालय, कार्यशाला एवम् बहुउद्देशीय हल, छात्र–छात्राका लागि छुट्टै होस्टल, प्रधानाध्यापक तथा कर्मचारीका लागि आवासीय भवनका साथै खेलकुल तथा समुदायका लागि विभिन्न सुविधा रहने जनाइएको छ। परियोजना आगामी दुई वर्षभित्रमा सम्पन्न हुने अपेक्षा गरिएको छ।

प्रकाशित: २० कार्तिक २०७६ ०२:१९ बुधबार

पोलिटेक्निक_परियोजना उद्घाटन