१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

म्याग्दी बस दुर्घटनाः मृतक चारै जनाको सनाखत, चालकसहित १९ घाइते

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका वडा नं ७ बिममा आइतबारसाँझ यात्रुबाहक बस दुर्घटना हुँदा चार जनाको घटनास्थलमा नै मृत्यु भएको छ। 

दरबाङबाट यात्रु लिएर गएको ग १ ख ४४७६ नम्बरको बस बिमको घुम्तीमा दुर्घटना हुदाँ मालिका ७ बिमकी ७० बर्षिया सतदेबी भट्टचन, बिमकै ११ बर्षिया आयुषा जुग्जाली, ९ बर्षिया रवी जुग्जाली र गुल्मी जिल्ला कालिगण्डकी गाउँपालिका–२ की विष्णु पाण्डे रहेको म्याग्दीका प्रहरी निरीक्षक धु्रवप्रसाद शर्माले बताए। ‘घाइतेको उपचारका लागि बेनी तर्फ ल्याइदैछ्,‘साँझ परेकाले उद्धारमा केही समस्या भयो’, शर्माले भने। उनका अनुसार घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय दरबाङबाट प्रहरी निरीक्षक रामप्रसाद पाण्डेको नेतृत्वमा गएको टोलीले उद्धार गरेको थियो। 

मृतकमध्ये ११ बर्षिया आयुषा वडा अध्यक्ष सुविन जुग्जालीकी छोरी हुन्। घाइतेमध्ये अधिकांश किसानी मावि बिमका कृषि विषयका विद्यार्थी छन्। दशैंतिहारमा घर विदामा गएर फर्किएका विद्यार्थीहरु बस दुर्घटनामा परेका थिए। 

दुर्घटनामा बिम बस्ने बर्ष ६० राजमान दर्जी, ५३ बर्षिय हुम बहादुर जुग्जाली, ३८ बर्षिय पल प्रसाद जुग्जाली, २६ बर्षिया नरदेबी परियार, २६ बर्षिया दिलु शेरपुञ्जा, ६ बर्षिया की कृष्टिना जुग्जाली, ६० बर्षिया की चन्द्रकली दर्जी, ३८ बर्षियाकी पल देबी जुग्जाली, १८ को सुरेश जुग्जाली ३१ बर्षिया लिला जुग्जाली, धवलागिरी गाउपाँलिका वडा नम्बर ३ दर बस्ने बर्ष १८ बर्षिया रिल माया बुढा, बेनी नगरपालिका वडा नम्बर–९ घतान बस्ने १६ बर्षिय बिसन खत्री,बेनपा–४ राक्ष बस्ने १७ बर्षिय गौरब पौडेल, १९ बर्षिय प्रमिस पौडेल, बेनपा ०३ भकिम्ली बस्ने बर्ष ३५ को केशब शर्मा न्युरे, मंगला गाउँपालिका–५ छिसवाङ बस्ने बर्ष २२ बर्षिया रमिला खत्री र बाग्लुङ ताराखोला गाउपालिका–५ बस्ने १७ बर्षिय बिजय कडेल रहेका छन्। 

दुर्घटनामा घाइते अवस्थामा रहेका चालक मंगला गापा १ पैयूपाँटाका टेकबहादुर सार्कीसहित  १२ जनालाई रिफर गरिएको छ। घटनास्थलमा पुगेर फर्किएका दरबाङका वडाध्यक्ष सन्तनाथ सुबेदीका अनुसार अन्य घाइतेको प्राथमिक उपचार केन्द्रमा उपचार भइरहेको छ। 

प्रकाशित: १८ कार्तिक २०७६ ०३:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App