४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

मोटरसाईकल दुर्घटनामा एकको मृत्यु

उदयपुर– उदयपुरमा मोटरसाईकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। बुधबार राति त्रियुगा नगरपालिका–८ चुहाडेस्थित नमूना चोकमा स २ प ८७८२ नं. को मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा पछाडि सवार सिराहा सुखीपुर नगरपालिका ९ का ३० वर्षीय अविन ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ। 

चुहाडेदेखि जलजलेतर्फ आउँदै गरेको मोटरसाईकल चालक सिराहाको लाहान नगरपालिका १७ का ३२ वर्षीय दुर्गानन्द विकले चलाउँदै आउने क्रममा अनियन्त्रित भई दुर्घटना हुँदा विकको दाहिने हात भाँचिएको छ भने ठाकुर गम्भीर घाइते भएका थिए। घाइते दुवैको उपचार हुने क्रममा उदयपुर जिल्ला अस्पताल गाईघाटमा विहीबार विहान ठाकुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

घाइते चालक दुर्गानन्दलाई थप उपचारका लागि विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको छ। मृतकको लास अस्पतालमै पोष्टमार्टमका लागि प्रक्रिया अघि बढइएको र मोटरसाईकल नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु भएको प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताएका छन्।

प्रकाशित: १४ कार्तिक २०७६ १२:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App