७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

बस दुर्घटनामा तीनको मृत्यु, घाइतेहरुको नेपाल मेडिकल कलेजमा उपचार हुँदै

काठमाडौं– नुवाकोट र सिन्धुपाल्चोक जिल्लाको गोल्फुभञ्ज्याङबाट काठमाडौँतर्फ आउँदै गरेको आमा हेलम्बु यातायातको बा ५ ख ५०७० नम्बरको यात्रुबाहक बस बिहीबार दिउँसो काठमाडौँ जिल्ला शङ्खरापुर नगरपालिकाको जहरसिंहपौवा फेदीको जङ्गलमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ।

मृत्यु हुनेमा दुई महिला र एक पुरुष रहेको नाङ्लेभारे प्रहरी चौकीका प्रमुख आङकाजी शेर्पाले जानकारी दिए। ओरालोमा अनियन्त्रित भई बस सडक छेउको मन्दिरमा ठोक्किएर सडकमा पल्टिएको थियो।

बसमा ५० यात्रु रहेको प्रहरीले जानकारी दिएको छ। घाइतेहरुको नेपाल मेडिकल कलेज जोरपाटी, उत्तरखेल र शङ्खरापुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइतेको यकिन सङ्ख्या र मृतकको पहिचान खुलेको छैन। रासस

प्रकाशित: १४ कार्तिक २०७६ १२:०० बिहीबार

दुर्घटना मृत्यु