७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

मेलम्चीबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना, केहिकाे हताहती

काठमाडौं– मेलम्चीबाट काठमाडौं आँउदै गरेको बस जरशिंह पौवाको जङ्गलमा दुर्घटना भएको छ। बस दुर्घटना भएको साँखु प्रहरीले पुष्टि गरेको छ। बिहिबार दिउँसाे आमा ह्योल्मो यातायातकाे बा ५ ख ५०७० नम्बरकाे यात्रुबाहक बस दुर्घटना भएकाे हाे।

घटनास्थलमा जाँदै गरेका एक प्रहरीले नागरिक न्यूजसँग भने 'दुर्घटना भएकाे हाे, के कति क्षति भयाे त्याे घटनास्थल पुगेपछि मात्रै भन्न सकिन्छ।हामी घटनास्थलमा जाँदै छाैं।'

घटनाबारे विस्तृत जानकारी आउन बाँकी रहेको छ। दुर्घटनामा केही यात्रु हताहती भएको स्थानीयले नागरिक न्यूजलाई जानकारी दिए।

प्रकाशित: १४ कार्तिक २०७६ १०:५७ बिहीबार

बस_दुर्घटना